चीनमा बाँझोपन र विवाहको समस्या बढ्दो | Khabarhub Khabarhub

चीनमा बाँझोपन र विवाहको समस्या बढ्दो


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – गत वर्ष चीनमा नयाँ विवाह पाँच भागमा एक भागले घटेको खबर हालै सार्वजनिक भएको छ। यसले २०२४ मा कुल ९५ लाख बालबालिका जन्मेकामा २०२५ मा यो ७३ देखि ७८ लाखमा झर्ने देखिएको छ।

चीनले विश्वव्यापी जनसंख्याको १७.२५ प्रतिशत हिस्सा लिएको छ तर विश्वव्यापी जन्म दरमा चीनको हिस्सा अफ्रिकी राष्ट्र नाइजेरियाकै स्तरमा अर्थात् मात्र ६.५ प्रतिशत छ। यसबाहेक, चीनको प्रतिमहिला प्रजनन दर २०२५ मा ०.९ मा झर्ने अपेक्षा गरिएको छ। यो दर सन् २०१६ को तुलनामा आधा मात्र हो।

सन्तुलित जनसंख्याका लागि प्रजनन दर २।१ प्रतिशत हुनुपर्छ। चीनमा जनसांख्यिकीय संकट यति धेरै गहिरो भएको छ कि यही महिनाको सुरुमा चिनियाँ प्रधानमन्त्री लि चियाङले जन्म दर बढाउन नयाँ नीतिहरू ल्याउने घोषणा गरेका छन्। तर बढ्दै गएको वैवाहिक संकटले चीन सरकारले गर्न चाहेको प्रयासलाई कमजोर पार्ने निश्चित छ।

सन् २०१३ मा १ करोड ३४ लाख जोडीले विवाह गरेकामा सन् २०२४ मा आइपुग्दा यो घटेर ६१ लाखमा ओर्लेको छ। त्यसो त सन् २०२० देखि सन् २०२४ सम्म जारी कोभिड महामारीका कारण यो प्रवृत्तिमा केही विचलन देखिएको थियो।

यसैगरी सन् २०१३ देखि सन् २०२४ सम्मको अवधीमा समग्र वैवाहिक दर प्रतिहजारमा ९.९ रहेकामा सन् २०२३ मा यो घटेर ४.३ मा झरेको छ। सन् २०२३ मा यो दर ताइवानमा ५.४ र अमेरिकामा ६.१ थियो।

चीनको २०२० को जनगणनाअनुसार, कुल जन्मको ६१ प्रतिशत हिस्सा २० देखि ३० वर्ष उमेरका महिलाले लिएका थिए। तर सन् २०१२ मा यो उमेर समूहको संख्या ११ करोड १० लाख रहेकामा सन् २०२४ मा घटेर ७ करोड ३० लाखमा झरेको छ।

सन् २०५० सम्म यो समूहको जनसंख्या तीन करोड ७० लाखमा झर्ने आकलन छ। त्यसैले प्रजनन प्रजनन दर केही हदसम्म बढे पनि जन्म दर द्रुत रूपमा घट्दै जाने देखिएको छ। चीनमा दशकौँदेखिको लिंग छनोट र गर्भपतन व्यापक रहेका कारण समग्रमा एकातिर दुलहीको अभाव देखिएको छ भने अर्कोतिर दुलही पाउन दुलाहाले ठूलो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। उदाहरणका लागि, अहिले दुलाहाको परिवारले कम्तीमा एउटा नयाँ अपार्टमेन्ट खरिद गर्नुपर्छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  २ : १६ बजे

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व संकलन

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१-८२ को

तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द

तेहरान – इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

रामपुर– कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण