दीपक बोहराको शव बालुवाटारस्थित निवासमा (तस्बिरहरू) « Khabarhub

दीपक बोहराको शव बालुवाटारस्थित निवासमा (तस्बिरहरू)


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको शव बालुवाटारस्थित निवासमा राखिएको छ ।

मंगलबार निधन भएका बोहराको शव अन्त्येष्टिभन्दा पहिला बालुवाटारस्थित निवासमा लगिएको हो ।

पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आएका बोहराको मङ्गलबार बिहान निधन भएको थियो ।

उनको पार्थिव शरीर नेपाली सेनाको आर्मीको स्काई ट्रकबाट निर्वाचन क्षेत्र भैरहवामा लगेपछि काठमाडौं नै ल्याइएको हो ।

श्रद्धाञ्जलीका लागि मंगलबार दिनभर भैरहवामा राखेर साँझ काठमाडौँ ल्याइएको थियो । उन पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो पार्टी कार्यालयमा राखेर पशुपति आर्यघाटमा लगिनेछ ।

सोमबार मात्रै बोहराले ७३ औँ जन्मदिन मनाएका थिए । उनी २०७९ सालको निर्वाचनमा रूपन्देही ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए । त्यसबेला उनले बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका थिए । उनकी छोरीको केही समयअघि निधन भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १ : ५६ बजे

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय