कोशी प्रदेश प्रिमियर लिगको नाफा ७ लाख « Khabarhub

कोशी प्रदेश प्रिमियर लिगको नाफा ७ लाख


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धरान : कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ । कोषाध्यक्ष चौधरीका अनुसार लिग सञ्चालन गर्दा रु ३६ लाख ६७ हजार सहयोग जुटेको थियो भने रु २९ लाख आठ हजार खर्च भएको थियो ।

लिग सञ्चालन गर्न कोशी प्रदेश सरकारको रु २० लाख तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को रु १५ लाख खर्च भएको थियो । यसैगरी गोर्खा ब्रुअरीबाट रु ५० हजार, रेडबुलबाट रु ५० हजार, धरानका पूर्व खेलाडीहरुबाट रु ३७ हजार तथा अन्य दाताबाट रु ३० हजार जुटेको थियो ।

नगद पुरस्कारमा रु सात लाख ६५ हजार, पहाडी जिल्लाका क्लबलाई तयारी खर्चवापत रु चार लाख २० हजार, तराईका जिल्लालाई विशेष तयारीवापत रु दुई लाख तथा रेफ्रिलगायतमा रु तीन लाख ५० हजार खर्च भएको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए । कोशी प्रदेश प्रिमियर लिग गत माघ २८ गतेदेखि फागुन ८ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सञ्चालन भएको थियो । लिगमा कोशी प्रदेशका ११ क्लबको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ५२ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।