कानूनसहित सातवटा समितिको बैठक बस्दै « Khabarhub

कानूनसहित सातवटा समितिको बैठक बस्दै


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न सातवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्न लागेको हो । सबै बैठक बिहान ११ देखि साढे ११ को बिचमा सिंहदरबारमा सुरु हुनेछन् ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव सङ्कलन तथा छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समिति बैठकमा सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने तयारी छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका सम्बन्धमा गृहमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गर्ने कार्यक्रम छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा गैरसरकारी संघसंस्था, नागरिक समाजलगायतसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन (विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार)का सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : ०४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना