तीनकुने घटनालाई लिएर राप्रपाका नेताहरू प्रधानमन्त्री कार्यालय जाँदै « Khabarhub

तीनकुने घटनालाई लिएर राप्रपाका नेताहरू प्रधानमन्त्री कार्यालय जाँदै


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू प्रधानमन्त्रीको कार्यालय सिंहदरबार जाँदै छन् ।

यही चैत १५ गते काठमाडौंका तीनकुनेमा प्रदर्शनका क्रममा भएको घटनालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत शीर्ष नेताहरू प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार जान लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको बैंकक गएकाले राप्रपा टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गर्नेछ । राप्रपाले उक्त दिनको घटनालाई राज्यपक्षले हिंसात्मक बनाएको बताउँदै आएको छ । यस्तै घटनाको सत्यतथ्य छानविन गर्न राप्रपाको माग छ ।

शुक्रबारको राजावादी आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले थुप्रै गोली र अश्रुग्यास प्रहार गरेको थियो । जसबाट २० जनालाई गोली लागेको थियो भने अन्य केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ११ : ३१ बजे

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई