तीनकुने घटनालाई लिएर राप्रपाका नेताहरू प्रधानमन्त्री कार्यालय जाँदै | Khabarhub Khabarhub

तीनकुने घटनालाई लिएर राप्रपाका नेताहरू प्रधानमन्त्री कार्यालय जाँदै


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू प्रधानमन्त्रीको कार्यालय सिंहदरबार जाँदै छन् ।

यही चैत १५ गते काठमाडौंका तीनकुनेमा प्रदर्शनका क्रममा भएको घटनालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत शीर्ष नेताहरू प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार जान लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको बैंकक गएकाले राप्रपा टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गर्नेछ । राप्रपाले उक्त दिनको घटनालाई राज्यपक्षले हिंसात्मक बनाएको बताउँदै आएको छ । यस्तै घटनाको सत्यतथ्य छानविन गर्न राप्रपाको माग छ ।

शुक्रबारको राजावादी आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले थुप्रै गोली र अश्रुग्यास प्रहार गरेको थियो । जसबाट २० जनालाई गोली लागेको थियो भने अन्य केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ११ : ३१ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध