कार्यपालिका सदस्यको कार्यकक्षमा प्रशासकीय अधिकृत गुरागाईं, कार्यकक्षमा भने ताला « Khabarhub

कार्यपालिका सदस्यको कार्यकक्षमा प्रशासकीय अधिकृत गुरागाईं, कार्यकक्षमा भने ताला


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घम्साघम्सीबीच काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गरेका छन् ।

उनलाई वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कर्मचारीले तीन महिनादेखि तलब खान पाएका छैनन् ।

यो अवस्थामा वडाअध्यक्ष र कर्मचारीको जोडबलमा प्रमुख प्रशाकीय अधिकृत गुरागाईं कार्यालय छिरेका हुन् ।

यद्यपि मेयर बालेन्द्र शाहको सचिवालयले गुरागाईंको कार्यकक्षमा ताला लगाएको छ । ताला लगाएका कारण उनी अहिले कार्यपालिका सदस्यको कार्यकक्षमा बसिरहेका छन् ।

कार्यालय छिरे पनि कर्मचारीमाथि नगर प्रहरीले धरपकड कोसिस गरिरहेको छ। काठमाडौं टावर निर्माण अघि बढाउन अनियमित रुपमा अनुमति दिएको आरोपमा बालेनले उनलाई कार्यकक्षमा हाजिर हुन दिएका थिएनन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : ११ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी