बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन « Khabarhub

बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब १७ करोड रुपैयाँको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । 

मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग १५ करोड १७ लाख २२ हजार छ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता गरी कार्यान्वयन गरिएको हो । 

चालु आर्थिक वर्षमा एक करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रियामा छन् भने एक करोड १० लाख रुपैयाँ बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ । 

झोलुङ्गे पुल बाहेकका आयोजनाहरू चालु आर्थिक वर्ष भित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बताए । योजनाहरू मार्फत ग्रामीण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भई बसाइसराइ घटाउने अपेक्षा गरिएको उनले बताए । 

सघन शहरी तथा भवन निर्माण योजना मार्फत चार करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको बेनी नगरपालिकामा एकीकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तर्गत तीन करोड १९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नं.–७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना शुरु भएको छ । 

उक्त कार्यालय मार्फत ६५ लाख ३८ हजार ५३ रुपैयाँको लागतमा कुहुँ–टोड्के–झि र  एक करोड तीन लाख २८ हजार ६२ रुपैयाँमा मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुँदै कुइनेमंगले सडक स्तरोन्नति योजना कार्यान्वयन भएको छ । योजनाका ईञ्जिनियर बिरबल सुनारले ५० शय्या क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । 

स्थानीय पूर्वाधार विकास आयोजना मार्फत चार करोड ७० लाख ३६ हजार दुई सय ५० रुपैयाँको लागतमा धवलागिरि गाउँपालिकाको मराङखोला माथि तीन सय ६५ र मुनाको दरखोला माथि तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माणाधीन छन् । 

आयोजनाका ईञ्जिनियर मनिष अधिकारीले धवलागिरि गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि दुई सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए । 

उनका अनुसार सडक पूर्वाधार विकास कार्यक्रम मार्फत पाखापानी–कुइनेमंगले–मल्कवाङ, गलेश्वर–दशमुरे–मौवाफाँट–दग्नाम–दरमिजा–कुइनेमंगले–घ्यासीखर्क सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरूले ढलान, पक्की नाला र टेवा पर्खाल निर्माण थालेका छन् ।  

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम मार्फत मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुँदै कुइनेमंगले, कुहुँ–टोड्के हुँदै झिँ, अन्नपूर्ण गाउँपालिकाको दोसल्ले–काफलडाडा–नागी, मालिकाको छ्यारछ्यारे हुँदै मङ्गलाको टिकावाङ र बेनी नगरपालिकाको अर्थुङ्गे देउराली–भराले–पुत्लेढुङ्गा सडक आयोजना कार्यान्वयनमा रहेका छन् । 

एक करोड बजेट विनियोजन भएको धवलागिरि गाउँपालिकाको लुलाङ–गुर्जा सडक स्तरोन्नति योजना ठेक्का प्रक्रियामा छ । ५० लाख रुपैयाँ बजेट विनियोजन भएको बेनीको मंगलाघाट र बगरफाँट जोड्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सम्बन्धी योजनाको बहुबर्षीय ठेक्का आव्हानका लागि गरिएको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन । 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : ४२ बजे

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा

नेसेलुङमा राउटे समुदायको संस्कृति झल्काउने विशेष मेला

मोरङ – घुमन्ते जीवनशैली, आफ्नै भाषा र मौलिक संस्कृतिका कारण

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ

सुनकोशीको बेलिब्रिज झिकिएपछि स्थानीयलाई समस्या

खोटाङ– सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी

एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक