संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन : सञ्चारमन्त्री गुरुङ « Khabarhub

संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन : सञ्चारमन्त्री गुरुङ


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानमाथि आँच आउने गरी गतिविधि गर्न कसैलाई छुट नभएको बताए ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ उदियाचौरस्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले गणतन्त्र तथा संविधान विरोधी गतिविधि गर्ने छुट कोहीलाई पनि नभएको बताए । हिंसात्मक गतिविधि, लुटपाट, आगजनी तथा शान्तिसुरक्षा खलल पार्नेगरी संविधान विरोधी गतिविधि गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन सकिने उनले बताए ।

“गणतन्त्रको युगमा राजतन्त्र खोज्नु बिजुलीको युगमा अगुल्टो खोज्नु जस्तै हो”, सञ्चारमन्त्री गुरुङले भने, “अहिले देश धेरै अगाडि गइसकेको छ, अब पछाडि फर्किन सम्भव छैन, राजतन्त्र आउने कुरा कल्पना बाहिरको कुरा हो ।”

नागरिकले राजनीतिक दलहरुबाट गरेका आशा तथा अपेक्षा चाहेअनुरुप पूरा हुन नसके पनि गणतन्त्रपश्चात् विकासले धेरै फड्को मारेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो । मुर्खहरु मात्रै निरकुंश राजतन्त्र ल्याउनुपर्छ भनेर लाग्ने गरेको उल्लेख गर्दै उनले सज्जनले यस्तो कुरा उठाउनै नसक्ने बताए ।

“राजतन्त्र त्यो दिन सक्कियो जुन दिन नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो”, उनले भने । स्वर्णमहोत्सव समारोहमा पूर्वमन्त्री पद्माकुमारी अर्यालले नेपाली समाज धेरै अगाडि बढिसकेकाले अब पछाडि नफर्किने बताए । उनले भने, “हल्लाका पछि कोही पनि नजाउ, हल्लाले बिगार्छ ।”

कार्यक्रममा पूर्वमन्त्री जगत् विश्वकर्मासमेत उपस्थित थिए । विसं २०३२ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । यहाँ छात्रबास सञ्चालनको समेत तयारी भइरहेको छ । स्वर्णमहोत्सवका अवसरमा जग्गादाता, चन्दादाता, पूर्वप्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरु, विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ८ : ३० बजे

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्

संक्रमणकालीन न्यायको विषय अब टुङ्ग्याउनुपर्छ : मन्त्री गौतम

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लामो समयदेखि

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय