दोस्रो संस्करणको ‘केपी ओली कप’ क्रिकेट शनिबारदेखि « Khabarhub

दोस्रो संस्करणको ‘केपी ओली कप’ क्रिकेट शनिबारदेखि


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा यहीँ चैत २३ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘केपी ओली कप टि–२० राष्ट्रिय पुरूष क्रिकेट’ सुुरु हुँदैछ । मदन भण्डारी स्पोर्टस एकेडेमीले एकेडेमीका संरक्षक रहनुभएका प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो । पोखरा रङ्गशालामा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिनुभयो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा रहेका टिमले एकअर्कासँग एक÷एक खेल खेलेपछि चारवटै समूहका शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा सीइसी काठमाडौँ, हेटौँडा एसए, पोखरा महानगर सिसी र स्याङ्जा सिसी छन् । समूह ‘बी’ मा चितवन सिसी, ग्रेट हिमालयन सिए, गण्डकी हिरोज सिसी र हिमालयन सिए छन् ।

यसैगरी समूह ‘सी’ मा लुम्बिनी खुकुरी सीसी, मधेस प्रदेश सिसी, हिमाल फ्रेन्ड्स र कर्णाली एकेडेमी छन् । समूह ‘डी’ मा सुन्दरहरैँचा आइसिसी, अत्तरिया सिए, माइपोखरी सीसी र होराइजन सिसी छन् । ‘लिग कम नक आउट’ का आधारमा हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘प्लेयर अफ द सिरिज’ ले रु ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही रु १० हजार र ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका माध्यबाट क्रिकेट खेलको विकास तथा पोखराको खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष आचार्यले बताए । पोखरामा नै गत वर्ष सम्पन्न पहिलो संस्करणमा मधेश प्रदेसले उपाधि जितेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १० : ५० बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा