पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न « Khabarhub

पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टर (सिपीइसी) को सहकार्यमा चैत २० देखि २२ गतेसम्म पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ।

उक्त कार्यशालामा देशभरका पूर्वप्राथमिक शिक्षाका विज्ञ, निजी विद्यालयका संस्थापक प्रिन्सिपलहरू तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको थियो । 

कार्यशालाको उद्देश्य २१औँ शताब्दीको पूर्वप्राथमिक तहको पाठ्यक्रमलाई आधुनिक, प्रभावकारी र बालमैत्री बनाउने रहेको थियो । सहभागीहरूले शिक्षण पद्धति सुधार, नवीनतम सिद्धान्तहरूको उपयोग, शैक्षिक सामग्रीहरूको प्रभावकारी प्रयोग तथा बालबालिकाको समग्र विकासमा केन्द्रित विषयहरूमा अन्तरक्रिया गरे ।

काठमाडौं विश्वविद्यालयका शिक्षा विज्ञ तथा विशिष्ट प्राध्यापकहरूले नेपालको बाल विकास तथा शिक्षा  पाठ्यक्रमलाई आधार मानेर ० देखि ८ वर्षसम्मका बालबालिकाका लागि उपयुक्त पाठ्यक्रम निर्माण सम्बन्धी सल्लाह तथा मार्गदर्शन प्रदान गरे। वर्तमानमा निजी विद्यालयहरूमा लागू भइरहेका पाठ्यक्रमलाई पुनरावलोकन गरी २-३, ३-४, ४-५, ५-६, ६-७, र ७-८ वर्षका बालबालिकालाई लक्षित गरी पाठ्यक्रम विकास गर्ने योजनाबारे छलफल गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ११ : ५८ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।