‘छक्का पञ्जा २’ दशैँमा रिलिज हुने « Khabarhub

‘छक्का पञ्जा २’ दशैँमा रिलिज हुने


२९ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो फिल्म ‘छ माया छपक्कै’ दशैँपछि रिलिज हुने भएपछि दशैँमा दीपक–दीपाको फिल्म ‘छक्का पञ्जा २’ युट्युबमार्फत रिलिज गरिने भएको छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यसबारेमा जानकारी दिए । दशैँको अवसर पारेर हलमा फिल्म ‘रातो टीका निधारमा’ समेत प्रदर्शन हुँदैछ ।

हलमा फिल्म हेर्न नपाएका दर्शकले लामो समयदेखि यो फिल्मको प्रतीक्षा गरिरहेका छन् । यद्यपि यो फिल्म हलमा दोस्रोपटक रिलिज गरिएको थियो । र, फ्लप भएको थियो ।

चलचित्रमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । हास्यप्रधान यो चलचित्र पहिलोपटक रिलिज हुँदा व्यावसायिक रुपमा सफल भएको थियो । त्यसपछि रिलिज भएको चलचित्र ‘छक्का पञ्जा ३’ पनि व्यावसायिक रुपमा सफल भएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०७६, आइतबार  ६ : ०४ बजे

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा