तीनकुने घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन « Khabarhub

तीनकुने घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले चैत्र १५ गते भएको घटनाका दोषीहरू उपर छानबिन गरी कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले राजावादीहरूले विरोध प्रदर्शनका नाममा घटाएको हिंसात्मक घटनाको भर्त्सना गर्दै दोषीहरू उपर आवश्यक छानबिन गरी कानूनी कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले तीनकुने र आसपासको स्थानमा आगामी दिनमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना लगायतका कुनै कार्यक्रमका लागि अनुमति नदिन समेत सरकारलाई निर्देशन दिएको छ । 

त्यस्तै आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरू दोहरिनबाट रोक्न एवं मुलुकको व्यवस्था रक्षाका लागि गम्भीरताका साथ अघि बढ्न सरकारलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको लागि व्यवस्थापन गर्न समेत सरकारलाई निर्देशन दिइएको सभापति खतिवडाले उल्लेख गरे । 

बैठकमा गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते भएको घटनाका दोषीलाई कारबाही हुने स्पष्ट पारे । उनले आगामी दिनमा यस प्रकार गैर जिम्मेवार, अराजक र उद्दण्डतापूर्ण गतिविधि हुन नदिन सरकार गम्भीर रहेको उल्लेख गरे । 

संविधानलाई हिंसात्मक गतिविधिबाट उल्टाउने नियतका साथ चैत्र १५ गतको घटना भएको भन्दै उनले सबै सचेत हुन जरुरी रहेको उल्लेख गरे ।  

उक्त घटनामा प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएको उनले जानकारी दिए । बैठकमा समिति सदस्यहरूले चैत्र १५ गतेको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाका विषयमा छानबिन गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ४ : ५७ बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट