‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु « Khabarhub

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनोट प्रक्रिया आजदेखि सुरु भएको छ ।

निमा एजुसेशन फाउण्डेसनले आज एक कार्यक्रमसहित आगामी वर्ष हुने ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतिस्पर्धामा भाग लिने नेपाली विद्यार्थी छनोट प्रक्रिया शुभारम्भ गरेको हो । सातदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीले भाग लिन पाउने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा करिब ५० देशका प्रतिस्पर्धी हुने फाउण्डेसनले जनाएको छ ।

एआई रोबोटिक्सको प्रयोग गरी संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य हासिल गर्न नवीन समाधानसहित कार्यक्रम तथा कार्ययोजना निर्माणमा प्रोत्साहित गर्ने अन्तरराष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने प्रक्रियामा सहभागी हुन मुलुकका अधिकांश विद्यालयबाट माग भइरहेको कोडेभर नेपाल’का कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार परिवर्तित विश्वपरिवेशमा आलोचनात्मक सोच, सिर्जशीलता, सहकार्य एवं सञ्चार गरी चार महत्वपूर्ण सीप र क्षमता विकासमा जोड दिने नीतिसहित नवप्रवर्तन तथा उद्यमशीलता, स्वच्छ ऊर्जा तथा विश्वव्यापी ऊर्जा सङ्कटसम्बन्धित चुनौतीको समाधान गर्न रोबोटिक्स तयार गर्ने र फुटबल खेल्ने रोबोटिक्स तयार गरी प्रतिस्पर्धा गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

उनका अनुसार गत वर्ष इण्डोनेसियाको जाकार्तामा सम्पन्न प्रतियोगितामा नेपालका पाँच हजार विद्यार्थीबाट छनोट भएका ९५ जना सम्मिलित ४० टोलीले भाग लिएको, छ वटा कीर्तिमानी अन्तर्राष्ट्रिय उपाधि जितेको र विश्वका ३० उत्कृष्टभित्र नेपालका तीन वटा प्रोजेक्ट पर्न सफल भएको थियो ।

जाकार्ताका साथै यसअघि सन् २०२४ मा दुबईमा ६० विद्यार्थीसहित २० टोली र सन् २०२५ मा कतारको दोहामा ७२ विद्यार्थीसहित १९ टोलीले ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतियोगितामा भाग लिई उल्लेखनीय परिणाम ल्याउन सफल नेपालले यसपटक १० उत्कृष्ट मुलुकभित्र पर्नका लागि आवश्यक तयरी गरिहेको फाउण्डेसनका कार्यकारी अधिकृत निश्चल प्रधानले जानकारी दिए ।

उनले थाइल्याण्डमा हुने प्रतियोगिताअन्तर्गतको देशीय प्रतिस्पर्धी छनोट प्रक्रियामा करिब आठ हजार नेपाली विद्यार्थी सहभागी हुने अपेक्षा गरेको बताउँदै कार्यक्रम संयोजक श्रेष्ठले चरणबद्ध रुपमा निश्चित विधि–प्रक्रिया, कार्यक्षमता र मापदण्डका आधारमा छनोट हुने नेपाली विद्यार्थीले नवीन सूचना प्रविधिमा आधारित अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।

सो अन्तर्राष्ट्रिय प्रतियोगिता आगामी वैशाख, जेठमा हुने फाउण्डेसनले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ३ : ०७ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११