श्रममन्त्री भण्डारीले भने- श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा बिस्तार गरिनेछ « Khabarhub

श्रममन्त्री भण्डारीले भने- श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा बिस्तार गरिनेछ


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रवर्द्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन्।

लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा बिहिबार आयोजित रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भका अवसरमा उनले आन्तरिक रोजगार प्रवर्द्धनका लागि उद्यमशीलता अपरिहार्य भएको उल्लेख गर्दै निजी क्षेत्रलाई सामूहिक प्रयासका लागि आह्वान समेत गरे।

मन्त्री भण्डारीले मन्त्रालयले विकास गर्दै गरेको राष्ट्रिय रोजगार पोर्टलबारे चर्चा गरे। उनले कोशी प्रदेशबाट सुरु भएको ‘श्रम संसार’, रोजगार पोर्टललाई छिट्टै सबै स्थानीय तहमा बिस्तार गर्ने जानकारी दिए।

त्यसअवसरमा मन्त्री भण्डारीले ‘इम्पावरिङ फ्युचर्स’ कार्यक्रममा इभोल्भटुडे डट इन्फो नामक वेबसाइट सार्वजनिक गरे। 

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालानले नयाँ वेबसाइटले विद्यार्थीहरूलाई सही सीप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउनेमा विश्वास व्यक्त गरे। कार्यक्रममा सूचना प्रविधि क्षेत्रका साझेदार कम्पनीलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ०३ बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट