चितवनमा 'मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल-२०८१' आयोजना हुने | Khabarhub Khabarhub

चितवनमा ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल-२०८१’ आयोजना हुने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा उद्यमी मञ्च नेपाल चितवनले ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल-२०८१’ को आयोजना गर्ने भएको छ ।  

एक्स्पो चैतको २९ गते देखि वैशाखको २ गतेसम्म चितवनमा हुने शुक्रबार चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

एक्स्पो १ सय भन्दा बढी स्टलहरू रहने छन् जसमा कृषि निर्माण सामग्री प्रविधि हस्तकला परम्परागत कपडा फुड एण्ड बेभरेज ग्रिन ईण्डस्ट्री रियल स्टेट तथा ईनोभेसन लगायतका विभिन्न क्षेत्रका क्रियाशील व्यवसायीहरू सहभागी हुने युवा उद्यमी मञ्च नेपाल चितवनका अध्यक्ष उमेश श्रेष्ठले बताए  । 

एक्स्पोमा स्टार्टअप स्टल मार्फत १० वटा नवप्रवर्तन युवा उद्यमीहरू लाई प्राथमिकता दिइने उनले बताए । 

नेपालमा नै उत्पादित विभिन्न सामग्रीहरू प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा विशेष गरी ग्रामीण क्षेत्रका उद्यमी तथा अल्पसंख्यक समुदायका लागि निःशुल्क स्टलको व्यवस्था गरेको अध्यक्ष श्रेष्ठले बताए । 

एक्स्पो अवधिभर युवामुखी प्यानल छलफलहरू पनि सञ्चालन गरिने बताइएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : २१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय

टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र