यातायात कार्यालयबाटै नक्कली लाइसेन्स बिक्री, प्रतिमहिना तीन करोड सङ्कलन « Khabarhub

यातायात कार्यालयबाटै नक्कली लाइसेन्स बिक्री, प्रतिमहिना तीन करोड सङ्कलन


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकभर नक्कली सवारीचालक परिचयपत्र (ड्राइभिङ लाइसेन्स)को बिगबिगी छ । बिचौलिया र दलालहरूले सिस्टम ह्याक गर्नेदेखि मिलेमतोमा नक्कली लाइसेन्स बेचबिखन गर्ने गरेका खबर बाहिरिँदा यातायात व्यवस्था कार्यालय नेपालगञ्ज यस्तो अपराधको हब नै रहेको पुष्टि भएको छ ।

उक्त कार्यालयका कर्मचारीहरुले नक्कली सवारीचालक अनुमतिपत्र वितरण गरी महिनामै तीन करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गरेको सरकारी नियामकले नै पुष्टि गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हान्दा ड्राइभिङ सेन्टर सञ्चालक र कार्यालयका तीन कर्मचारी पक्राउ परेका छन्‌ । उनीहरूको साथबाट नक्कली लाइसेन्स बनाउन प्रयोग भएको विद्युतीय उपकरणसमेत बरामद भएको आयोगले जनाएको छ ।

नक्कली लाइसेन्स बिक्री-वितरणमा सङ्लग्न रहेको भेटिएको जनाउँदै आयोगले यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेट (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराथोकीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई बाँकेका विभिन्न स्थानबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : ४५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका