गण्डकी प्रदेश सभाबाट तीन ऐन खारेज  « Khabarhub

गण्डकी प्रदेश सभाबाट तीन ऐन खारेज 


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सभाले ‘केही ऐन खारेज गर्न बनेको विधेयक’ बहुमतले पारित गरेको छ ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । विधेयकमा माओवादी केन्द्रका सांसदहरू विपक्षमा उभिए भने राप्रपाका सांसद तटस्थ बसे ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद्ले प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५, ताल संरक्षण तथा विकास प्राधिकरण ऐन २०७५ र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन २०७६ लाई खारेज गर्ने निर्णय गरेको थियो ।

यी ऐनलाई खारेज गर्न सरकारले प्रदेश सभामा चैत ११ गते ‘केही ऐन खारेज गर्न बनेको विधेयक’ संसदमा दर्ता गराएको थियो ।

प्रदेश सभामा शुक्रबार उक्त विधेयक माथि सैद्धान्तिक छलफल भएको थियो । छलफलमा सत्ता पक्षकै सांसदहरुले विज्ञान तथा प्रविधि प्रतिष्ठान खारेज गर्ने सरकारको प्रस्तावमा असन्तुष्ट जनाए ।

अधिकांश सांसदले छलफलमा भाग लिँदै विपक्षमा बोलेका थिए । विज्ञान प्रविधि तथा प्रतिष्ठानलाई  बढावा दिनुपर्नेमा उल्टै घाँटी निमोठेको भन्दै आलोचना गरेका हुन् । यद्यपि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विज्ञान प्रविधिका काम गण्डकी युनिभर्सिटीको रिसर्च सेन्टरबाट गर्ने प्रतिवद्धता जनाए ।

यसअघि मन्त्रिपरिषद्ले ‘प्रदेश संरचना लागू भएपछि बढी बोझ भएको भन्दै ऐन खारेज गर्ने निर्णय गरेको थियो । सरकारले सहसचिव बाबुराम गौतमको संयोजकत्वमा पुँजीगत खर्च बढाउने र यी संरचनाबारे समेत सुझाव दिने गरी समिति बनाएका थियो । त्यो समितिले समेत यी संस्थाको औचित्य पुष्टि हुन नसकेको राय दिएको थियो । सोही प्रतिवेदनलाई टेकेर सरकारले ऐन खारेज गर्न निर्णय गरेको थियो । गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले यी ऐन संसदबाटै ल्याएको थियो ।

यी ऐनमध्ये प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानले कार्यकारी निर्देशक, दुग्ध विकास बोर्डले अध्यक्ष, उपाध्यक्ष र कार्यकारी प्रमुख र ताल प्राधिकरणले अध्यक्ष, उपाध्यक्ष र कार्यकारी प्रमुखको परिकल्पना गरेको थियो । सोही अनुसार प्राधिकरण र बोर्डहरुसमेत गठन भएका थिए ।

प्रदेश दुग्ध विकास बोर्ड ऐन, ताल संरक्षण तथा विकास प्राधिकरण ऐन र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन खारेज हुने तर यी संस्थाका कार्यकारी पदको नियुक्तिमा राज्य सत्ता हाबी हुँदा विवाद चुलिएको थियो । पछिल्लो समय केही बोर्डमा कार्यकारी पद नै खाली थियो । विवाद बढिरहेको बेला सरकारले ऐन खारेज गर्न प्रदेश सभामा विधेयक दर्ता गरेको थियो ।

प्रदेश सभामा सामान्य छलफलमा भाग लिएका अधिकांश सत्ता पक्षकै सांसदले उक्त ऐन खारेजीको विपक्षीमा उभिएका थिए । यद्यपि खारेज गर्ने सरकारको प्रस्तावमा कुनै पनि सांसदले संशोधन हालेर असन्तुष्टि जनाएनन् । त्यसकारण पनि संसदबाट यो विधेयक फास्ट ट्रयाकमा पास गरिएको छ ।

ऐन खारेज जन्म भएका कार्यालयले भने अब मन्त्रालयका शाखा अन्तर्गत काम गर्ने व्यवस्था गरिएको छ । दुग्ध विकास बोर्डबाट हुँदै आएका कामलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत, ताल प्राधिकरणलाई वन तथा वातावरण मन्त्रालयबाट गर्ने र विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट हुँदै आएका कामलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट गर्ने उल्लेख छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ८ : ०४ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।