गाजामा इजरायली हमलाः युएनले भन्यो– प्रत्येक दिन एकसय बालबालिका मारिन्छन् या घाइते हुन्छन् | Khabarhub Khabarhub

गाजामा इजरायली हमलाः युएनले भन्यो– प्रत्येक दिन एकसय बालबालिका मारिन्छन् या घाइते हुन्छन्


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाजामा भइरहेका इजरायली हमलामा प्रत्येक दिन एक सय बालबालिका मारिने वा घाइते हुने गरेकाे संयुक्त राष्ट्र सङ्घले तथ्य सार्वजनिक गरेको छ ।

युएनआरडब्ल्यूएका प्रमुखलाई उद्धृत गर्दै सञ्चारमाध्यम अलजजिराले जनाएअनुसार १८ मार्चमा इजरायलद्वारा युद्धबिराम उल्लङ्घनपछि गाजामा प्रत्येक दिन कम्तिमा एकसय प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको छ वा बालबालिका घाइते भएका छन् ।

गाजा शहरस्थित अल–अहली अस्पतालमा घाइतेको उपचारका लागि कुनै ठाउँ बाँकी छैन । किनकि शुक्रबार बिहानदेखि हालसम्म भएको इजरायली आक्रमणमा कम्तिमा ३८ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजामा रहेकाका बाँकी बन्दीमाथि हुने आसन्न खतराको प्रतिरोध गरिरहेको भन्दै हमासले चेतावनी दिएको छ । किनभने ती नयाँ इजरायली सैनिक जबरजस्ती निष्कासन गरिरहेको क्षेत्रमा छन् ।

गाजास्थित स्वास्थ्य मन्त्रलायले गाजामा भइरहेको इजरायली युद्धमा कम्तिमा ५० हजार ६ सय ९ प्यालेस्टाइनीको मृत्यु भएको पुष्टि गरेको छ । यस्तै, १ लाख १५ हजार ६३ घाइते भएका छन् । सरकारी मिडियाले मृतकको सङ्ख्या ६१ हजार ७ सयभन्दा बढी रहेको उल्लेख गरेको छ । यस्तै बेपत्ता हजारौंको मृत्यु भएको हुन सक्ने आशङ्का गरेको छ ।

७ अक्टोबर २०२३ मा हमासको नेतृत्वमा भएको आक्रमणका क्रममा इजरायलमा कम्तिमा १ हजार १ सय ३९ जनाको मृत्यु भएको र २ सय भन्दा बढीलाई बन्दी बनाइएको छ ।
अलजजिरा

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ११ : ४९ बजे

गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु, पतिले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको दाबी

टेक्सास– शनिबार बिहान अमेरिकाको टेक्ससस्थित ड्यालसमा भएको गोलीकाण्डमा नेपालमाबाट पुनर्वासमा

इजरायली आक्रमणमा मारिए सहासी पत्रकार अनस अल-शरीफ, अन्य पाँचको पनि हत्या

गाजा- आइतबार राति गाजा सहरमा इजरायली आक्रमणमा ६ जना पत्रकारको

आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २६ गते सोमबार। भाद्र

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष