किम जोङ उनद्वारा सैनिक बेसमा स्नाइपर राइफलको परीक्षण « Khabarhub

किम जोङ उनद्वारा सैनिक बेसमा स्नाइपर राइफलको परीक्षण


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

प्योङयाङः किम जोङ उनले शुक्रबार कोरियाली पिपुल्स आर्मीको विशेष अपरेशन एकाइअन्तर्गत सैन्य प्रशिक्षण बेसको भ्रमण अवलोकन गरेका छन् ।

उत्तर कोरियास्थित केसीएनए स्टेट मिडियाका अुनसार किम प्रशिक्षण कार्यक्रमअन्तर्गत विभिन्न विशेष अपरेशन एकाइका लडाकुद्वारा आयोजित सामरिक प्रशिक्षण र छोटा हतियार सुटिङ प्रतियोगिताको अवलोकनका लागि पुगेका थिए ।

किमलाई उद्धृत गर्दै केसिएनले भनेको छ– विशेष अपरेशन बललाई बलियो बनाउनु वर्तमानमा सेना निर्माणको मुख्य रणनीतिको एउटा हिस्सा हो । किमले लडाकुको परिचालन क्षमता अभिवृद्धिको उद्देश्यले कयौं कार्यको रुपरेखा तयार गरेका छन् । यद्यपि केसिएनले प्रमुख कार्यको विवरण सार्वजनिक गरेको छैन ।

किमले विशेष अपरेशन एकाइलाई नयाँ आपूर्ति गरिने स्नाइपर राइफलको परीक्षणसमेत गरे । र, यसको प्रभावकारिताका बारेमा जानकारी लिए । उत्तर कोरियाली प्रौद्योगिकीद्वारा विकसित स्नाइपर राइफलको प्रदर्शन र क्षमताबारे किमले सन्तोष व्यक्त गरेको मिडियाले उल्लेख गरेको छ ।

यता दक्षिण कोरियाले ‘उत्तर कोरियाली विशेष अभियान एकाइ प्योङयाङले हजारौं सैनिकलाई युक्रेनमा लड्नका लागि रुसमा तैनाथ गरेको छ ।’ भनेको छ ।

विश्लेषकका अनुसार युद्धको मैदानमा उत्तर कोरियालाई हतियार र सैनिक उपलब्ध गराउँदा फाइदा हुन सक्छ । तर किमका अनुसार उनलाई निकै घाटा भइरहेको छ । मस्को र प्योङयाङले सैनिक तैनाथ गरेको विषयलाई खण्डन गरेको छ । तर अक्टोबर सन् २०२४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सैनिक रुसमा रहेको विषयलाई अस्वीकार गरेका छैनन् । र, एक उत्तर कोरियाली अधिकारीले यस्तो कुनै पनि कदम वैध हुने बताएका छन् ।

– रोयटर्स

तस्बिर: ४ अप्रिल, २०२५ मा लिइएको र उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीद्वारा जारी गरिएको तस्बिर । तस्बिरमा उत्तर कोरियाका नेता किम जोङ उन (बीचमा) हतियार अवलोकन गर्दै । उत्तर कोरियास्थित एक अज्ञात स्थलमा कोरियाली पिपुल्स आर्मीको विशेष अपरेशन बलको प्रशिक्षण बेसमा आयोजना भइरहेको प्रशिक्षण सत्रको निरीक्षण गर्दै । तस्बिरः एएफपी

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  २ : १९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ