घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु « Khabarhub

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

धनगढी– अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाइ खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए ।

घटनाको थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा टोली खटाइएको डीएसपी भण्डारीले बताए । चैते दशैंको अवसर पारी यहाँका स्थानीयले घरघरमा मासु भात खाने र रमाइलो गर्ने चलन छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ४ : २५ बजे

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय