गुल्मीको तम्घास–रिडी सडक एक महिना बन्द हुने | Khabarhub Khabarhub

गुल्मीको तम्घास–रिडी सडक एक महिना बन्द हुने


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गुल्मी- मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास–रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ । उक्त सडकको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।

सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार आजदेखि आगामी वैशाख २२ गतेसम्म सवारीसाधन पूर्ण रूपमा बन्द गरिने कार्यालयका प्रमुख एवं इञ्जिनीयर रमेश चौधरीले जानकारी दिए । तम्घास–रिडी खण्ड बन्द भएपनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको उनले बताए ।

रुरुक्षेत्रको पानीटङ्की थोर्गा–स्यालपोखरी–स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी–छत्रकोटको पिपलनेटा–दिगाम हुँदै रिडी–लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी–चारपाला–खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा व्यवस्था गरिएको इञ्जिनीयर चौधरीले जानकारी दिए । उनका अनुसार राजमार्ग आयोजना कार्यालयले सूचना सार्वजनिक गर्दै तम्घास-रिडी खण्डको प्रयोग नगर्न जानकारी दिएको हो ।

सडक नियमित सञ्चालन गरी काम गर्दा यात्रु र सवारीसाधनमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको मागअनुसार एक महिनाका लागि वैकल्पिक व्यवस्थासहित उक्त खण्ड पूर्णरूपमा बन्द गरिएको कार्यालय प्रमुख चौधरीले बताए । “आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय पालीका तथा अन्य सरोकार भएका निकायलाई आग्रह पनि गरेका छौँ”, उनले भने ।

जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयले पनि सडक स्तरोन्नतिका लागि गुल्मीदरबार गाउँपालिका(२ अन्तर्गत झिरबाँसबाट काभ्रेपोखरीसम्मको खण्ड दुई साताका लागि पूर्ण रूपमा बन्द गरिएको जनाएको छ । उक्त खण्डअन्तर्गत झिरबाँस क्षेत्रमा आरसिसी ढलान गरी सडक स्तरोन्नतिको काम भइरहेकाले यात्रुलाई वैकल्पिक व्यवस्था मिलाइएको छ । जुभुङ्सिस्ने–भट्टेचौरबाट बिरबाँस सडक र मजुवा–बलिथुमझिरबाँस खण्डको व्यवस्था मिलाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ७ : ०६ बजे

खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकियो

नवलपरासी- खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि

शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए पाठ्यपुस्तक

सुर्खेत– कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु

आँटेको पुर्‍याइदेउ बागलुङ कालिका…

बागलुङ- जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पुर्‍याइदेउ

काठमाडौंको वायु आज पनि निकै अस्वस्थकर, विश्वको दोस्रो नम्बरमा

काठमाडौं– काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ

शेयर संकटमा ट्रम्पलाई छैन चासो : आफ्नो नीति आवश्यक भएको दाबी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थ नीतिले विश्वको शेयर