खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण | Khabarhub Khabarhub

खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले किसानका खेतबारीमै पुगेर कृषिबालीको उपचार गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले नगरभित्र व्यावसायिक खेती गर्ने किसानका खेतबारीमै समस्या समाधान गर्न थालेको हो ।

पहिलो चरणमा वडा नं १० को बेतीनी र वडा नं ७ को विगुटारको सुर्केमा बाली उपचार शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । कृषि शाखा प्रमुख अस्मिता दाहालले शिविरमा दुई वडाका ८५ जना कृषकले बोटबिरुवा तथा बाली उपचार सेवा लिएको बताए ।

उनका अनुसार वडानं १० मा भएको शिविरमा ल्याइएका बोटबिरुवा तथा बाली परीक्षण गर्दा खुर्सानीमा औँसा किरा, आपमा ‘म्याङ्गो माल्फर्मेशन’, केरामा ‘पानामा रोग’, सुन्तलामा फूल झर्ने, तरकारीमा किरा लाग्नेलगायत समस्या देखिएको थियो ।

यस्तै, सिद्धिचरण–७ सुर्केमा सञ्चालित शिविरमा टमाटर, काँक्रा र तरकारी बालीमा ‘टुटा अप्सुलेटा’, केरामा ‘पानामा रोग’, तोरी सागमा लाइकिराको प्रकोप भेटिएको थियो ।

बाली तथा बोटबिरुवा विज्ञद्वारा समस्याको पहिचान गरी आवश्यक परामर्शसहित सिद्धिचरण–१० का ५२ र ७ का ३३ जना कृषकलाई औषधि तथा विषादी वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

गाउँमा कृषि प्राविधिक आएर खेतबारीमा लगाइएका फलफूल, अन्नबाली तथा तरकारीबालीमा देखिएका समस्या समाधान गरिदिएपछि किसान उत्साहित भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ०५ बजे

साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती