अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने « Khabarhub

अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पाल्पा – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यहाँ रहेका अस्पतालहरूको भौतिक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापनलगायत विषयमा सरकारले पहल गर्ने बताएका छन् ।

आज उनले यहाँ रहेका अस्पतालहरूको स्थलगत निरीक्षण गर्दै अस्पतालको सेवा विस्तारमा सरकारले आवश्यक समन्वय गर्ने बताए । उनले पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजको स्थलगत निरीक्षण गर्नुका साथै युनाइटेड मिसन अस्पतालको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

मन्त्री पौडेलले जिल्ला अस्पतालमा निरीक्षणपछि छलफलका क्रममा यस अस्पतालको भौतिक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापन, जग्गा व्यवस्थापनलगायत विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे ।

अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले अस्पतालका विषयमा जानकारी गराउँदै भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा समस्या रहेकाले पहल गरिदिन मन्त्रीसमक्ष आग्रह गरे । उनले अस्पतालको भएको स्थानमा मोहन कन्या माविको जग्गा भएकाले उक्त जग्गासँग साटफेर गर्न सहमति भए पनि कानुनी कड्चनका कारण समस्या आएको बताए ।

मन्त्री पौडेलले उक्त विषयमा सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्ने विश्वास दिलाए । उनले निजी अस्पतालका रूपमा रहेको लुम्बिनी मेडिकल कलेजको पनि निरीक्षण गर्दै उहाँले स्वास्थ्य बिमाको सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए ।

साथै युनाइटेड मिसन अस्पतालका निर्देशक डा रचेल कारखसँग भेटेर उनले अस्पतालको सेवा विस्तार, विद्यमानसमस्यालगायत विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १० : ५६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ