अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने « Khabarhub

अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पाल्पा – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यहाँ रहेका अस्पतालहरूको भौतिक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापनलगायत विषयमा सरकारले पहल गर्ने बताएका छन् ।

आज उनले यहाँ रहेका अस्पतालहरूको स्थलगत निरीक्षण गर्दै अस्पतालको सेवा विस्तारमा सरकारले आवश्यक समन्वय गर्ने बताए । उनले पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजको स्थलगत निरीक्षण गर्नुका साथै युनाइटेड मिसन अस्पतालको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

मन्त्री पौडेलले जिल्ला अस्पतालमा निरीक्षणपछि छलफलका क्रममा यस अस्पतालको भौतिक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापन, जग्गा व्यवस्थापनलगायत विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे ।

अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले अस्पतालका विषयमा जानकारी गराउँदै भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा समस्या रहेकाले पहल गरिदिन मन्त्रीसमक्ष आग्रह गरे । उनले अस्पतालको भएको स्थानमा मोहन कन्या माविको जग्गा भएकाले उक्त जग्गासँग साटफेर गर्न सहमति भए पनि कानुनी कड्चनका कारण समस्या आएको बताए ।

मन्त्री पौडेलले उक्त विषयमा सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्ने विश्वास दिलाए । उनले निजी अस्पतालका रूपमा रहेको लुम्बिनी मेडिकल कलेजको पनि निरीक्षण गर्दै उहाँले स्वास्थ्य बिमाको सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए ।

साथै युनाइटेड मिसन अस्पतालका निर्देशक डा रचेल कारखसँग भेटेर उनले अस्पतालको सेवा विस्तार, विद्यमानसमस्यालगायत विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १० : ५६ बजे

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय