राजस्थानसँग ५० रनको हारले पञ्जाबकी मालिक प्रीति जिन्टालाई चिन्ता | Khabarhub Khabarhub

राजस्थानसँग ५० रनको हारले पञ्जाबकी मालिक प्रीति जिन्टालाई चिन्ता


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुरुवाती दुई खेलमा विजयी भएको पञ्जाब किंग्स तेस्रो खेलमा पराजित भएपछि टिमकी को–ओनर प्रीति जिन्टाले चिन्ता व्यक्त गरेकी छन्। कप्तान श्रेयस अय्यरसँग कुराकानी गर्दै उनले हारप्रति चासो राखेकी हुन्।

सुरुवाती दुई खेलमा शानदार प्रदर्शन गर्दै टिमलाई जिताएका कप्तान अय्यर तेस्रो खेलमा चल्न सकेनन्। पाँच बल खेलेर १० रन बनाएको अवस्थामा उनी आउट भएका हुन्। अर्का ओपनर प्रियांश आर्य र कप्तान अय्यरलाई राजस्थान रोयल्सका जाफ्रा आर्चरले एउटै ओभरमा आउट गरेपछि तेस्रो खेलमा पञ्जाब चुकेको हो।

अघिल्ला दुई खेलमा कप्तान अय्यर टिमको जितका लागि निर्णायक बनेका थिए। गुजरात टाइटनविरुद्धको पहिलो खेलमा मात्र ४२ बल खेलेका उनी शतक प्रहार गर्न तीन रनले चुकेका थिए। उनले गुजरातविरुद्ध ४२ बलमा ९ छक्का र पाँच चौकाको मद्दतमा ९७ रन बनाएका थिए। पञ्जाब ११ रनले विजयी भएको उक्त खेलमा कप्तान अय्यर नै म्यान अफ द म्याच बनेका थिए।

कप्तान अय्यरले लखनउ सुपर जायन्ट्सविरुद्ध भएको दोस्रो खेलमासमेत आफ्नो फमलाई निरन्तरता दिएका थिए। लखनउविरुद्ध ३० बलको सामना गरेका उनले अर्धशतकीय पारी खेले। चार छक्का र तीन चौकाको मद्दतमा उनले दोस्रो खेलमा ५२ रन बनाएका हुन्।

गएराति पञ्जाबका कप्तान अय्यर नचलेको खेलमा आईपीएलमा खराब सुरुवात गरेको राजस्थान रोयल्सले राम्रो कमब्याक गर्दै ५० रनको जित निकालेको हो। यो हारपछि पन्जाब चार अंकसहित तेस्रो स्थानमा कायम छ। समान चार अंक भए पनि राजस्थान सातौँ स्थानमा छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ६ : ३६ बजे

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’

भादगाउँ– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन

हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू)

काठमाडौं– हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ

सिरहा– यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ