रास्वपालाई एमाले नेता थापाको प्रश्न– 'न्यायालयको फैसलाविरुद्ध रुवाबासी किन ?' | Khabarhub Khabarhub

रास्वपालाई एमाले नेता थापाको प्रश्न– ‘न्यायालयको फैसलाविरुद्ध रुवाबासी किन ?’


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध रुवाबासी नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेको सन्दर्भप्रति लक्षित गर्दै हरेक व्यक्तिले आफ्नो पौरखका दशा र दुर्दशा भोग्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्– ‘न्यायालयको फैसलाविरुद्ध सिङ्गो पार्टीको रुवाबासी र ल्याङल्याङ किन ? हरेक व्यक्तिले आफ्नो पौरखका दशा रदुर्दशा त भोग्नुपर्छ।’

उनले लामिछानेले पार्टी खोल्नुअघि बचत हिनामिना, ठगी र अपचलन गरेर वचतकर्तामाथि घात र विश्वास घात गरेको बताएका छन् ।

थापाले रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि उनले दिएका प्रतिक्रियालाई समेट्दै यस्तो लेखेका छन्–
सहकारी ठगी– संसदीय छानविन गर्ने आफ्नै घोषणा !
समितिद्वारा कारबाहीको सिफारिस– क्लिन चिट पाएँ !
पाँच सहकारीमा अनुसन्धान/अभियोजन– प्रतिशोध साँधियो !
२ करोड ७५ लाख धरौट– न्याय जीवितै छ, धरौट बढी भयो !
धरौट खारेजीको माग– स्वयं उच्च अदालतमा निवेदन दर्ता !
पुर्पक्षमा थुनामा पठाउने आदेश– बेडरुममा पुगेर अन्तिम इच्छा सोध्ने ? अति भयो ! नयाँ पार्टीमाथि ज्यादती भयो !

बुटवलको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि शुक्रबार राति पक्राउ परेका थिए ।

जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न दिएको आदेश उच्चले उल्टाइदिएको थियो । सरकारी वकिलले धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ८ : २१ बजे

समावेशी गणतन्त्रको सपना अपूरो छ : अध्यक्ष प्रचण्ड

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व

आयात ११ र निर्यात ९५ प्रतिशतले बढ्यो, डिजेललाई उछिन्यो सोयाबिन तेलले

काठमाडौं– चालु आर्थिक वर्षको साउन महिनामा नेपालको वैदेशिक व्यापार गत

राष्ट्रियसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक

पाकिस्तान शाहिन्ससँग १ रनले हार्‍यो नेपाल

काठमाडौं- अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा

गर्मीका कारण श्रमिकको ज्यान जोखिममा : संयुक्त राष्ट्रसंघ

जेनेभा– विश्वव्यापी तापक्रम लगातार बढ्दै जाँदा श्रमिकहरूको स्वास्थ्य र काम