नेपाल बारको मतगणना सोमबारदेखि | Khabarhub Khabarhub

नेपाल बारको मतगणना सोमबारदेखि


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको शनिबार भएको निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ ।

बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाडौं आइपुग्ने छ भने सोमबारदेखि मतगणना सुरु गरिनेछ ।

बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा वृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर विजयप्रसाद मिश्र र व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठमा प्रतिस्पर्धा छन् ।

वरिष्ठ अधिवक्ता मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन् भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने उम्मेदवार छन् । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १२ : १० बजे

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारी सम्मको यात्रा सम्पन्न

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मको केटूके ड्राइभ सम्पन्न गरेका

नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार

काठमाडौँ – नेपालमा सौर्य ऊर्जाका उपकरण बेचबिखन र जडान गर्ने

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

एजेन्सी– तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

चितवन– गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट