ताप्लेजुङमा चार महिनापछि हवाई सेवा सुरु | Khabarhub Khabarhub

ताप्लेजुङमा चार महिनापछि हवाई सेवा सुरु


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ ।

सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो । 

शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । काठमाडौंबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ ।

लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन् । यस विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय याममा उडान गरेका थिए । हाल उनीहरूले सेवा बन्द गरेका छन् । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : १३ बजे

हिमाल आरोहणका लागि ४१ समूहका ३८१ जनाले लिए अनुमति

काठमाडौं – बसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका

बारको अध्यक्षमा मिश्र विजयी हुने निश्चित

काठमाडौं – नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिमा अध्यक्षका उम्मेदवार

एनएसएलः पोखरा र धनगढीले अंक बाँडे

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको

तीनकुने घटना : १२५ जना घाइते उपचारपछि घर फर्के

काठमाडौं – यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका

गुजरातले राजस्थानलाई दियाे २१८ रनकाे लक्ष्य

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत जारी खेलमा गुजरात