पुर्खाको चिनोस्वरूप अमूल्य सम्पदाको संरक्षण गर्नुपर्छ : राष्ट्रपति | Khabarhub Khabarhub

पुर्खाको चिनोस्वरूप अमूल्य सम्पदाको संरक्षण गर्नुपर्छ : राष्ट्रपति


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । 

आइतबार ललितपुरको पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरूकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए । 

देशका यस्ता महत्त्वपूर्ण स्थलको संरक्षण र संवर्द्धन गरी पुर्खाको मेहनत, परिश्रम र चिनोको रूपमा रहेका कैयन सम्पदाको संरक्षण साझा दायित्व भएको उनले बताए । 

उनले नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् प्रकृतिको वरदानका रूपमा कैयौँ रमणीय स्थलहरू रहेको उल्लेख गर्दै अनगिन्ती मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थलहरू नेपालीहरूको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताए । 

राष्ट्रपति पौडेलले स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य समेत रहेको मुलुकको सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताए । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उनको भनाई थियो ।  

राष्ट्रपति पौडेलले विनाशकारी गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको पूर्ववत् स्वरूप र संरचनामै पुनर्निर्माण तथा जीर्णोद्धार चुनौतीपूर्ण कार्य हुँदाहुँदै देगुतलेजु मन्दिर पुन निर्माणले पाएको सार्थकताले पाटनको शोभा र सौन्दर्य बढाएको उल्लेख गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  २ : ३५ बजे

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

चितवन– गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट

दुई बुँदे सहमतिअनुसार समिति गठन गरेको भन्दै माओवादीले दियो सरकारलाई धन्यवाद

काठमाडौं– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

युद्धविराम गर्न तयार भयो इजरायल, नेतन्याहूले भने- इरानमा सबै उपलब्धि प्राप्त गर्‍यौँ

तेहरान/जेरूसेलम- इजरायल र इरानबीच १२ दिनदेखि जारी युद्ध अब शान्त