तीनकुने घटनाबारे माधव नेपालले भने- अराजक व्यक्ति बोकेर राजतन्त्र पुनर्बहाली गर्ने उद्देश्य पुरा हुँदैन « Khabarhub

तीनकुने घटनाबारे माधव नेपालले भने- अराजक व्यक्ति बोकेर राजतन्त्र पुनर्बहाली गर्ने उद्देश्य पुरा हुँदैन


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चैत्र १५ गतेको घटनामा राज्यले आफ्नो पार्टी कार्यालयको उचित सुरक्षा गर्न नसकेको बताएका छन् । 

आइतबार काठमाठौंमा नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी)को बागमती प्रदेश भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेस र एमालेको पार्टी कार्यालयमा पर्याप्त सुरक्षाकर्मी तैनाथ गरे पनि आफ्नो पार्टी कार्यालयलाई भने राज्यले सुरक्षा गर्न नसकेकाले चैत्र १५ गते आगजनी र तोडफोड भएको बताएका हुन् ।

आफ्नो कार्यालयमा तोडफोड गर्दै कम्प्युटर, मोबाइलका साथै फाइनसमेत चोरी भएको उनले बताए ।

उनले चैत्र १५ गतेको घटनामा जोडिएका सबैले जिम्मेवारी लिनुपर्ने र दोषीलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई उचित क्षतिपूर्ति दिन माग गरे ।

अराजक व्यक्ति बोकेर राजतन्त्रलाई पुनर्बहाली गर्ने उद्देश्य पुरा हुन नसक्ने उनले बताए । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  २ : ४० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार