सन्दीप मेल्वर्न स्टार्समा आवद्ध, दोस्रो पटक ‘बीग बास लिग’ खेल्ने | Khabarhub Khabarhub

सन्दीप मेल्वर्न स्टार्समा आवद्ध, दोस्रो पटक ‘बीग बास लिग’ खेल्ने


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले पुनः मेलवर्न स्टार्सबाट अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् ।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मेलवर्नले सन्दीपलाई आगामी सिजनको लागि पुनः अनुबन्ध गरेको हो । सन्दीप र क्लबबीच सम्झौता भएको उनका नेपाली म्यानेजर रमन सिवाकोटीले पुष्टि गरे । गत सिजनमा मेलवर्नले उनलाई ६० हजार डलरमा आबद्ध गरेको थियो । यो सिजन त्यो भन्दा बढी रकममा सम्झैता भएको बताइए पनि रकम खुलाइएको छैन ।

गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ८ खेलमा ११ विकेट हात पारेका थिए । गत सिजन मेलवर्न फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित भएको थियो ।

अघिल्लो सिजन सन्दीपको प्रदर्शन

पहिलो खेल – ४ ओभर : (३४/२), दोश्रो खेल – ४ ओभर : (२४/३), तेश्रो खेल – ४ ओभर : (१८/२), चौथो खेल – ४ ओभर : (३१/१), तेह्रौ खेल – २ ओभर : (२८/०), चौधौ खेल – ३.४ ओभर : (११/३), सेमिफाइनल – ४ ओभर : (३१/०)

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : १४ बजे

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,

तिहार : आज कुकुर तिहार

काठमाडौं – तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक