नेपाल-चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम वैशाखमा | Khabarhub Khabarhub

नेपाल-चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम वैशाखमा


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल–चीन सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुने भएको छ । 

चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशनल  ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कम्पनीका अध्यक्ष सत्या लामा तामाङले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायत सहभागी हुने जानकारी दिइन् ।

‘आगामी वैशाख २८ गते चीनको गुइलिनमा दुईदेशीय सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ । यसले द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएका छौँ’, अध्यक्ष तामाङले भनिन् ।

कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्य प्रस्तुत गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन गरिने  कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले बताए । 

उनले त्यस अवसरमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा योगदान गरेका व्यक्तिलाई पुरस्कृत गरिने जानकारी दिए  । 

‘कोरियोग्राफर’ कमल राईले चीनको गुइलिनमा राई, लिम्बू, गुरुङ, थारुलगायत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका वेशभूषा र संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताए । 
 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : ५९ बजे

सीजीको नयाँ वर्ष योजना सार्वजनिक

काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा सीजीले आफ्नो लेभल

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्वाचित

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा हर्ष विक्रम खड्का

‘केपी ओली कप’ क्रिकेट : काठमाडाैं सेमिफाइनलमा

कास्की । पोखरा रङ्गशालामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’

बेकोको उत्कृष्ट प्रोडक्टमा ‘अनबक्स् ह्याप्पिनेश’ नयाँ वर्ष उपहार योजना  

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत रहेको अन्तर्राष्ट्रिय होम एप्लाएन्स् ब्राण्ड बेकोले नयाँ

आजका समाचार : शिक्षकलाई साथ दिँदै दल, बालेन-सुनिता पाएनन् तलब र ट्रम्पको भन्सार शुल्कले शेयर बजारमा आतंक

आन्दोलित शिक्षकलाई प्रधानमन्त्रीले भने- सडकमा बसिरहनु पर्दैन, संवादबाट सम्बोधन गर्नेछौँ