रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट युक्रेनी सरकारी सञ्चार कार्यालयमा क्षति « Khabarhub

रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट युक्रेनी सरकारी सञ्चार कार्यालयमा क्षति


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

किएभ– रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट विदेशी भाषामा प्रसारण हुने सरकारी च्यानलको कार्यालय रहेको भवन आंशिक रूपमा ध्वस्त भएको एक टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।

रुसले युक्रेनमा आइतबार गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने कैयौँ सरकारी कार्यालयहरूमा क्षति भएको थियो ।
 
रुसी भाषामा प्रसारण हुने फ्रिडम टेलिभिजन च्यानलले आफ्नो रिपोर्टमा भनेको छ, ‘अप्रिल ६ मा किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणले युक्रेनको स्टेट फरेन ब्रोडकास्टिङ इन्टरप्राइजेजको सम्पादकीय कार्यालय रहेको भवनमा ठूलो क्षति पुर्‍याएको छ ।’

‘आक्रमणबाट विदेशी प्रसारण च्यानलहरू अवस्थित व्यापारिक केन्द्रको माथिल्लो तीन तल्लाहरू पूर्ण रूपमा नष्ट भएका छन् भने तल्लो तल्लामा पनि ठूलो क्षति पुगेको छ र अहिले प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ,’ फ्रिडमले उल्लेख गरेको छ।
 
किएभका अधिकारीहरूले यसअघि रातभर भएको क्षेप्यास्त्र आक्रमणबाट व्यापारिक केन्द्रको केही तल्लामा क्षति पुगेको बताएका थिए। 
 
आपतकालीन सेवाहरूले आक्रमणपछि एउटा ठूलो भवनको छाना भत्केको र झ्यालहरू फुटेको तस्बिरहरू पोस्ट गरेका छन् ।

उक्त भवनमा फ्रिडम, डोम, युएटीभी इङ्लिस, द गेज, युएटीभी एस्पानोल, युएटीभी अरबी र युएटिभी पोर्टुगुएस सरकारी विदेशी भाषाका टेलिभिजन च्यानल र अनलाइन सञ्चारमाध्यम रहेका छन् ।

आक्रमणमा कुनै पनि कर्मचारी घाइते नभएको सरकारी प्रसारण संस्थाकी प्रमुख युलिया बिनले बताएका छन् । 

बिनका अनुसार गत फेब्रुअरीमा यसअघिको आक्रमणले आफ्ना कार्यालयलाई निशाना बनाएपछि च्यानलहरू हालै मात्र भवनमा सरेका थिए।

‘दुई महिनाभन्दा कम समयमा भएको यो दोस्रो आक्रमण हो। यस पटक नष्ट भएको कार्यालयमा हामी फेब्रुअरीको आक्रमणपछि भर्खरै सरेका थियौँ,’ बिनले भने । 
 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ६ : २३ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम