‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव | Khabarhub Khabarhub

‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कास्की – आलु गाउँका रूपमा प्रख्यात पोखरा महानगरपालिका–२५ हेम्जामा आजदेखि राष्ट्रिय आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ नारासहित आगामी वैशाख ३ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्त श्रेष्ठले महोत्सवसँगै यहाँ उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

यहाँको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेको भन्दै धेरैको रोजाइमा पर्ने गरेको छ । यसैको प्रचारका लागि महोत्सवस्थलमा ५० हजार केजी आलुको पहाड निर्माण गरिएको छ ।

स्थानीय कृषकबाट सङ्कलित आलुबाट पहाड निर्माण गरिएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार आलुको पहाडबाटै आलु निकालेर बिक्री गरिन्छ । बिक्री गर्दा घटेको आलु थपेर अन्तिम दिनसम्म आलुको पहाड कायम राखिने उनले बताए ।

तिमिल्सिनाका अनुसार महोत्सवमा प्रतिकेजी रु ४२ मा आलु बिक्री हुने गरेको छ । हेम्जाको कुल १३ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ५५० हेक्टरमा आलुखेती गर्ने गरिएको छ । यहाँका दुई हजार परिवार कृषिमा आधारित रहेकामा एक हजार ५० कृषकले व्यावसायिक आलुखेती गर्दै आएका छन् ।

महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले यहाँ कृषिलगायत अन्य क्षेत्रको विकासका लागि महानगरले साथ दिने बताए । उनले उत्पादित कृषिउपजको बिक्री तथा वितरणका लागि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएकाले त्यसबाट लाभ लिन आग्रह गरे।

कृषि विकास मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीले खेतीयोग्य जमिन घट्दै जानु चिन्ताको विषय भएको बताए । पोखरामा मागको ९५ प्रतिशत बढी आलु अन्यत्रबाट ल्याउनु परेको जानकारी दिँदै उत्पादन वृद्धि गर्नुपर्ने खाँचो औँल्याए ।

महोत्सवमा कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, कलाकारहरूका प्रस्तुति, कृषक सम्मान, विभिन्न कृषिउपज, बीउबिजन तथा अन्य कृषियन्त्र पनि प्रदर्शनीमा राखिएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १० : ४१ बजे

सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो

काठमाडौं– काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोस्टिक प्राइभेट लिमिटेडले १८

अट्ठाइस जातका केराको परीक्षण गरिँदै

चितवन– पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण थालिएको

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं– सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

खोटाङ– यहाँको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट

घुस प्रकरणमा रञ्जिताको गुनासो- मलाई र पार्टीलाई बदनाम गर्न खोजियो

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार मात्रै राजीनामा