काठमाडौंको वायु आज पनि निकै अस्वस्थकर, विश्वको दोस्रो नम्बरमा | Khabarhub Khabarhub

काठमाडौंको वायु आज पनि निकै अस्वस्थकर, विश्वको दोस्रो नम्बरमा


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) २११ रहेको छ ।

आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा रहेको भारत दिल्लीको एक्युआई ३२३ छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । 

लामो समयदेखि पानी नपर्दा र वन जङ्गलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ, जसका कारण हवाई उडानमा पनि समस्या आइरहेको छ ।

वायु प्रदूषण उच्च रहेका कारण अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन चिकित्सकहरूले सुझाव समेत दिएका छन् ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ३८ बजे

पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

म्याग्दी– आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे,

विकास समस्या समाधान समितिको बैठक : अर्थतन्त्र चलायमान गर्न ‘बिग पुस’ गर्नुपर्ने

काठमाडौं- मन्त्रालयस्तरको विकास समितिको बैठकमा अर्थतन्त्रलाई चलायमान बनाउन थप काम

आरवीवी म्युचुअल फण्ड–२ ले १३ प्रतिशत लाभांश दिने 

काठमाडौं– आरवीवी म्युचुअल फण्ड–२ ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट

सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत लाभांश दिन तोक्यो बुक क्लोज मिति 

काठमाडौं– सिद्धार्थ इक्विटी फण्डले इकाई धनीलाई २० प्रतिशत बोनस दिन

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी– सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८