घरमा कलह भइरहन्छ ? यस्ता छन् समाधानका ६ उपाय | Khabarhub Khabarhub

घरमा कलह भइरहन्छ ? यस्ता छन् समाधानका ६ उपाय


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा परिवारको साथमा मिल्ने सुख र खुसी भन्दा अरु ठूलो के होला र ? मानिस जहाँबाट आए पनि र अनेकौँ समस्या झेलिरहेको भए पनि घर र परिवारको भेटपछि राहत महसुस गर्दछ ।

सबैलाई आफ्नो घरमा हमेशा सुख-शान्ति रहोस् भन्ने चाहना हुन्छ । तर कतिपय अवस्थामा बिना कुनै कारण कलह वा झगडाले परिवारबीच मनमुटाब हुने गर्दछ । यसकालागि ग्रह दोष वा वास्तु दोष जस्ता समस्या जिम्मेवार रहने गर्दछ । यसबाट बच्न के उपाय गर्ने त ?

१. जुन घरमा दैनिक झगडा हुन्छ त्यहाँ लक्ष्मीको वास हुँदैन । साथै घरमा वास्तु दोष, ग्रह दोष, शनिको कुदृष्टि रहने गर्दछ । तसर्थ घरमा झगडा हुने वातावरण बनाउनु हुँदैन ।

२. राती सुत्नु अघि पीतलको भाँडामा कपूर राखेर त्यसलाई गाइको शुद्ध घिउमा डुबाएर बालेमा घरमा मनमुटाब हटाउन सकिने मान्यता छ । साथै एउटा कपुर बालेर त्यसको धुवाँ घरको सबैतिर पारेमा पनि गृह कलह हुनबाट बच्न सकिन्छ ।

३. मंगलबार हनुमानको सामुन्ने पञ्चमुखी दियो बालेर अष्टगन्धा बाली त्यसको सुगन्ध पूरै घरमा फैलाएमा यसले पनि घरमा सकारात्मक ऊर्जा सञ्चार हुने र सुख–शान्ति रहने धार्मिक मान्यता छ ।

४. कलहबाट बच्न एक चिम्टी केसरलाई पानीमा मिलाएर नुहाउने र पूजा पाठ गरी पून केसरको टिका लगाएमा र केसर हालेर दूध पीएमा घरमा शान्ति आउने मान्यता छ ।

५. घर पुछ्ने पानीमा थोरै मात्रामा नुन राखेर घर पुछेमा घरबाट नकारात्मकता दूर हुने र वास्तु दोषबाट छुटकारा पाउन सकिने धार्मिक विश्वास छ ।

६. जुन घरमा हमेशा कलह र क्लेश हुन्छ त्यस घरमा सुख–शान्तिका लागि महिनामा एक पटक सत्यनारायणको पूजा लगाइ कथा वाचन गरेमा सुख समृद्धि आउने विश्वास गरिन्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १२ : ०८ बजे

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी

कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोडिँदै

काठमाडौं– सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु