आन्दोलनरत शिक्षकसँग तत्काल वार्ता गर्न जसपाको सुझाव « Khabarhub

आन्दोलनरत शिक्षकसँग तत्काल वार्ता गर्न जसपाको सुझाव


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गर्न सुझाव दिएको छ । 

अध्यक्ष उपेन्द्र यादवले सोमबार विज्ञप्ति जारी गरेर शिक्षकहरूका न्यायोचित माग सम्बोधन गर्न सुझाव दिएका छन् । 

‘सरकारले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी उनीहरूका न्यायोचित मागहरूलाई सम्बोधन गर्नु पर्दछ,’ उनले भनेका छन् ।

जसपाले शिक्षासम्बन्धी नीति, योजना, ऐन–कानुन र कार्यक्रमहरूको समीक्षा गरी शिक्षा क्षेत्रमा देखा परेका विकृति, विसंगति, अराजकता र अन्यौलताको स्थिति अन्त्य गर्नुपर्नेमा पनि जोड दिएको छ । 

‘समान गुणस्तरीय शिक्षा सबैलाई प्रत्याभूत गराउने व्यवस्था गरिनु पर्दछ,’ जसपाले भनेका छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : ३६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर