कुनै नेतालाई पक्राउ गर्दैमा आन्दोलन कमजोर हुँदैन : राजेन्द्र लिङ्देन | Khabarhub Khabarhub

कुनै नेतालाई पक्राउ गर्दैमा आन्दोलन कमजोर हुँदैन : राजेन्द्र लिङ्देन


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ ।  

सोमबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौँ स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको हो । 

बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भत्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए । 

उनले मंगलबार ९ बजेबाटै कार्यक्रम स्थल स्वयंसेवकको नियन्त्रणमा हुने भन्दै राज्य पक्ष वा कसैबाट घुसपैठ र हिंसा भड्काउने प्रयास भए ठाउँको ठाउँ कारबाहीको व्यवस्था मिलाएको उल्लेख गरे । 

अध्यक्ष लिङ्देनले चैत्र १५ गते भएको प्रदर्शनमा पनि आयोजक भन्दा पनि राज्य पक्ष हिंसा भत्काउन उद्धत देखिएको जिकिर गरे  । राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बताए  ।  

उनले राप्रपाले आयोजना गर्न लागेको आमसभामा सहभागी हुन अपिल समेत गरे । आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरूको आन्दोलन कमजोर नहुने भन्दै लिङ्देनले आफूलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिए  । 

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ३७ बजे

सरकारले बाटो बिरायो भने संसदमा बोलिन्छ : साउद

चितवन- नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीका नेताहरुले दिँदै आएका

सामाजिक सञ्जालमा खुस्बु ओलीमाथि अपमान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आयोजना गरेको सभामा मंगलबार पार्टी

रुसी सेनामा आबद्ध चिनियाँ नागरिक पक्राउ : जेलेन्स्की

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनामा आबद्ध चिनियाँ नागरिकलाई

पाल्पामा मौरीले टोकेर एक जनाको मृत्यु

तानसेन– पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । बगनासकाली