सन्दीप लामिछानेको टीम बार्बाडोस पराजित | Khabarhub Khabarhub

सन्दीप लामिछानेको टीम बार्बाडोस पराजित


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेबियन क्रिकेट लिग (सीपीएल) मा बार्बाडोस ट्रिडेन्ट पराजित भएको छ ।

आइतबार राति भएको खेलमा बार्बाडोस जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको हो । बार्बाडोस ट्रिडेन्ट नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम हो ।

किङ्सटनमा बार्बाडोसले दिएको १४१ रनको लक्ष्य जमैकाले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

बार्बाडोसका ह्याडेन वाल्स र जासन होल्डरले २र२ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट लिए । योसँगै सन्दीपले यस सिजन ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ४४ बजे

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,

तिहार : आज कुकुर तिहार

काठमाडौं – तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक