जमिन जोत्नेहरु नै भूमिहीन र भोकै हुने व्यवस्था अन्त्य हुनुपर्छ : शान्ता चौधरी | Khabarhub Khabarhub

जमिन जोत्नेहरु नै भूमिहीन र भोकै हुने व्यवस्था अन्त्य हुनुपर्छ : शान्ता चौधरी


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीले जमिन जोत्नेहरु नै भूमिहीन हुने विषय दुखद र आपत्तिजनक रहेको बताएकी छन् । माटोसँग जोडिएको, जमिन जोतेरै गुजारा चलाएको व्यक्ति गरिब भएर बाँच्नुपर्ने र भूमिहीन हुनुपर्ने वर्तमान बाध्यतालाई हटाउनु पर्ने चौधरीको भनाइ छ ।

नेकपा एमालेनिकट भूमि अधिकार तथा श्रमिक संगठनको बाजुरा जिल्ला अधिवेशनमा भाग लिन पुगेकी चौधरीले जमिनमा रगत बगाउनेहरुकै नाममा जमिन हुने व्यवस्था ल्याउने आन्दोलन अझै जारी रहेको र सबै भूमिहीनले फेरि अधिकारका लागि लड्नुपर्ने बेला आएको बताएकी छन् ।

चौधरी भूमि अधिकार तथा श्रमिक संगठनको केन्द्रीय अध्यक्ष पनि हुन् । उनले भावक भएर राज्यलाई प्रश्न गरिन्– ‘यो कस्तो विडम्बना हो, जमिन जोत्छन्, त्यो जमिनको हक पाउँदैनन्, अन्न उत्पादन गर्छन्, खान पाउँदैनन्, आफूले गरेको उत्पादन बजारमा बिक्री हुन्छ, पेट भोकै हुन्छ ?’ उनले विभेदकारी व्यवस्था अन्त्य गर्ने कानुन निर्माणमा आफूहरु लागि परेको जानकारी गराइन् ।

मेहनत गर्ने मजदुर वर्ग धनी हुनु पर्नेमा, ठिक उल्टो हातमा पञ्जा लगाएर माटो छुने मान्छे धनी भएको र महल जमिन दुबै उनीहरुकै हुने कुरा अन्यायपूर्ण भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ३० बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का