चितवनकाे पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो | Khabarhub Khabarhub

चितवनकाे पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लाको वन क्षेत्रमध्ये ५ हजार ४२० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयको क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा उक्त डढेलो लागेको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार यस कार्यालय मातहतमा चार हजार २२० हेक्टर वनमा डढेलो लागेको छ । वनको मातहतमा रहेको करिब ५७ हजार हेक्टर वनमध्ये सो क्षेत्रफलमा डढेलो लागेको हो । समुदायले वनमा झाडी भयो भनेर डढेलो लगाउने गरेको उनले बताए ।

सूचना अधिकारी पौडेलले भने, “डढेलो लगाइरहेका छन् । तर नियन्त्रणमा आएको छैन ।” डढेलो नियन्त्रणका लागि सचेतना जगाउने काम भइरहेको भए पनि अझै डढेलो लगाउने चलनमा कमी आउन नसकेको उनले बताए । वन क्षेत्रमा लगाइएको डढेलोका कारण वन्यजन्तुलाई समेत असर पारेको उनले बताए ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक हजार २०० हेक्टरभन्दा बढी क्षेत्रमा डढेलो लागेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

उनका अनुसार निकुञ्ज क्षेत्रमा ८०० हेक्टर र मध्यवर्ती क्षेत्रमा ४०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डढेलो लागेको सूचना आएलगत्तै निकुञ्ज र नेपाली सेनाको टोलीले आगो निभाउने काम गरेको भए पनि दाउराघाँस काट्न जाने समुदायले आगो लगाउने गर्दा समस्या हुने गरेको उनले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ९ : २२ बजे

गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत

गण्डकी– गण्डकी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत

पाल्पामा डढेलोले जङ्गल सखाप हुँदै 

पाल्पा– लामो समयसम्म पानी नपरेर खडेरी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो

बङ्गलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान 

ढाक– बङ्गलादेशको एक अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने

‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’

कास्की– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव