काठमाडौं विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा, एक्यूआई २६२ | Khabarhub Khabarhub

काठमाडौं विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा, एक्यूआई २६२


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २६२ रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ ।

यस्तै, नेपाल पछि दोस्रो नम्बरमा भारतको दिल्ली (१७९), भियतनामको हनोइ (१७७) तेस्रो तथा पाकिस्तानको लाहोर (१७२) चौथो स्थानमा छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । 

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिकित्सकहरूले अनावश्यक बाहिर ननिस्किन, बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा घरमा पनि झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

मौसमविद् शान्ति कँडेलले वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाको आकाशमा लागेको बादल पूर्णरुपमा फाट्न अझै केही दिन लाग्ने बताइन् । उनले आज दिउँसोपख काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेकाले वर्षा पछि प्रदूषण केही मात्रामा घट्ने बताइन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : ४८ बजे

तथ्यमा आधारित समाचार बनाउन पत्रकारलाई गण्डकीका मुख्यमन्त्री पाण्डेको आग्रह

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूसँग रिस गर्नेहरूले तथ्यहीन

आणविक केन्द्र ध्वस्त नभएको भन्ने समाचारप्रति ट्रम्पको आक्रोश

वाशिङ्टन – इन्टलिजेन्सको रिपोर्ट भन्दै सार्वजनिक समाचारप्रति मेरिकी राष्ट्रपति डोनाल्ड

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन– अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि

इजरायली आक्रमणमा मारिए १४ इरानी वैज्ञानिक, आणविक कार्यक्रमलाई धक्का !

तेलअभिभ – इजरायलले इरानका कम्तीमा १४ जना परमाणु वैज्ञानिकको हत्या

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

दाङ– दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिरिदिने भएको छ