भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद « Khabarhub

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।

वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए ।

त्यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित गोठमा लुकाइराखेको १० लाख ५८ हजार ५४० बराबरका कपडा बरामद गरिएको छ ।

बरामद सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : ५९ बजे

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान