ट्रम्पको टेरिफका कारण तेलको मूल्यमा गिरावट, पुटिन सरकार दबाबमा | Khabarhub Khabarhub

ट्रम्पको टेरिफका कारण तेलको मूल्यमा गिरावट, पुटिन सरकार दबाबमा


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य गिरावट हुँदा रुस सरकार दबाबमा छ । रुसको राजस्वसमेत घटेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

युक्रेनसँगको युद्ध सुरु भएपछि रुसको अर्थ व्यवस्था मूल रुपमा तेल, उर्जा र खनिज पदार्थको निर्यातमा निर्भर छ । पश्चिमी मुलुकले प्रतिबन्ध लगाए पनि रुसलाई समस्या छैन । तर, ट्रम्पको टेरिफका कारण रुस दबाबमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

‘टेरिफ वार’ चलिरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । सोमबार तेलको मूल्य घटेर ६० डलर प्रतिब्यारेलमा आइपुगेको छ । यता रुसको ‘युरल्स ओयल’ को मूल्य खस्किएर ५० डलर प्रतिब्यारेलमा झरेको छ ।

दबाबमा रुस सरकार

तेलको मूल्य घटेपछि पुटिन सरकारमाथि आर्थिक दबाब बढेको छ । रुसको अर्थ व्यवस्थामा सबैभन्दा बढी योगदान दिने क्षेत्र तेल र ग्याँस हो ।

यसको बिक्रीबाट रुसले प्राप्त गर्ने राजस्व गत वर्षको मार्चको तुलनामा १७ प्रतिशतले कम भएको मिडिया रिपोर्ट छ ।

अप्रिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका अधिकांश मुलुकमा टेरिफ लागु गर्ने निर्णय गरेपछि रुसको राजस्वमा समेत भारी गिरावट भएको अनुमान गरिएको छ ।

रुस सरकार यो विषयलाई लिएर चिन्तित रहेको मिडिया रिपोर्ट छ । रुसी सरकारका प्रवक्ता दिमित्री पेसकोवले वर्तमान परिस्थितिले चिन्ता थपेको बताएका छन् ।

उनले भनेका छन्, ‘निःसन्देह हामी यस विषयलाई लिएर चिन्तित छौं, यो सङ्केत हाम्रो बजेटका लागि प्रभावित पार्ने किसिमको छ, अहिले निकै नै तनावपूर्ण र चिन्ताजनक अवस्था छ, यद्यपि हामी यो परिस्थितिबाट माथि उठ्नका लागि प्रयास गरिरहेका छौं ।’

–एजेन्सी

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १० : ३२ बजे

उब्रेको दालबाट बनाउनुहोस् परौठा; खाजालाई उत्कृष्ट, मुखलाई स्वादिष्ट

काठमाडौं– खाना खाइसकेपछि धेरै उब्रिने खानेकुरा हो दाल । दाल

लिम्बुवानको थप दस्तावेज : याक्थुङ साप्मुन्धुम

अरुणपूर्व लिम्बुवानमा २३९ वर्षअघि सांस्कृतिक पर्व मनाउँदा शाह–शासकको नाममा कर

सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली देशभर सक्रिय

ललितपुर– जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षमा ५९ हजार १२०

नेपालको यू-१९ विश्वकप सपना: निर्णायक भिडन्तमा आज अफगानिस्तानलाई हराउनैपर्ने दबाब

काठमाडौं – सन् २०२६ को आइसिसी यू-१९ विश्वकप क्रिकेट खेल्न