ट्रम्पको टेरिफका कारण तेलको मूल्यमा गिरावट, पुटिन सरकार दबाबमा « Khabarhub

ट्रम्पको टेरिफका कारण तेलको मूल्यमा गिरावट, पुटिन सरकार दबाबमा


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य गिरावट हुँदा रुस सरकार दबाबमा छ । रुसको राजस्वसमेत घटेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

युक्रेनसँगको युद्ध सुरु भएपछि रुसको अर्थ व्यवस्था मूल रुपमा तेल, उर्जा र खनिज पदार्थको निर्यातमा निर्भर छ । पश्चिमी मुलुकले प्रतिबन्ध लगाए पनि रुसलाई समस्या छैन । तर, ट्रम्पको टेरिफका कारण रुस दबाबमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

‘टेरिफ वार’ चलिरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । सोमबार तेलको मूल्य घटेर ६० डलर प्रतिब्यारेलमा आइपुगेको छ । यता रुसको ‘युरल्स ओयल’ को मूल्य खस्किएर ५० डलर प्रतिब्यारेलमा झरेको छ ।

दबाबमा रुस सरकार

तेलको मूल्य घटेपछि पुटिन सरकारमाथि आर्थिक दबाब बढेको छ । रुसको अर्थ व्यवस्थामा सबैभन्दा बढी योगदान दिने क्षेत्र तेल र ग्याँस हो ।

यसको बिक्रीबाट रुसले प्राप्त गर्ने राजस्व गत वर्षको मार्चको तुलनामा १७ प्रतिशतले कम भएको मिडिया रिपोर्ट छ ।

अप्रिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका अधिकांश मुलुकमा टेरिफ लागु गर्ने निर्णय गरेपछि रुसको राजस्वमा समेत भारी गिरावट भएको अनुमान गरिएको छ ।

रुस सरकार यो विषयलाई लिएर चिन्तित रहेको मिडिया रिपोर्ट छ । रुसी सरकारका प्रवक्ता दिमित्री पेसकोवले वर्तमान परिस्थितिले चिन्ता थपेको बताएका छन् ।

उनले भनेका छन्, ‘निःसन्देह हामी यस विषयलाई लिएर चिन्तित छौं, यो सङ्केत हाम्रो बजेटका लागि प्रभावित पार्ने किसिमको छ, अहिले निकै नै तनावपूर्ण र चिन्ताजनक अवस्था छ, यद्यपि हामी यो परिस्थितिबाट माथि उठ्नका लागि प्रयास गरिरहेका छौं ।’

–एजेन्सी

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १० : ३२ बजे

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न

बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती

भोजपुर– जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका