काठमाडौं महानगर निस्कियो खाद्य घुम्ती प्रयोगशालासहित अनुगमनमा, तत्काल रिपोर्ट दिने  « Khabarhub

काठमाडौं महानगर निस्कियो खाद्य घुम्ती प्रयोगशालासहित अनुगमनमा, तत्काल रिपोर्ट दिने 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले खाद्य बजारको गुणस्तर मापन गर्ने घुम्ती प्रयोगशालासहित अनुगमनमा निस्किएको छ । घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण गरेर तुरुन्त रिपोर्ट निकाल्ने भएको छ ।
 
प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादी, दूधमा भएको चिल्लो पदार्थ, सोडा, चिनी, नुन, ग्लुकोज, दूधको सोलिड नट फ्याट, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एडल्टरेसन किट, पानीको पि.एच. परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए । 

मिठाइमा प्रयोग गरिने अखाद्य रंगको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकोले मिठाइमा रङ्गको मिसावट तत्कालै थाहा पाउने न्यौपानेले बताउँछन् । 

उपकरणको प्रयोगले बजारबाट संकलित नमूना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सहिने न्यौपानेले बताएका छन् । महानगरले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको हो । 

महानगरले दिएको जानकारी अनुसार पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरूमा गरिने भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : ३५ बजे

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा