काठमाडौं महानगर निस्कियो खाद्य घुम्ती प्रयोगशालासहित अनुगमनमा, तत्काल रिपोर्ट दिने  « Khabarhub

काठमाडौं महानगर निस्कियो खाद्य घुम्ती प्रयोगशालासहित अनुगमनमा, तत्काल रिपोर्ट दिने 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले खाद्य बजारको गुणस्तर मापन गर्ने घुम्ती प्रयोगशालासहित अनुगमनमा निस्किएको छ । घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण गरेर तुरुन्त रिपोर्ट निकाल्ने भएको छ ।
 
प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादी, दूधमा भएको चिल्लो पदार्थ, सोडा, चिनी, नुन, ग्लुकोज, दूधको सोलिड नट फ्याट, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एडल्टरेसन किट, पानीको पि.एच. परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए । 

मिठाइमा प्रयोग गरिने अखाद्य रंगको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकोले मिठाइमा रङ्गको मिसावट तत्कालै थाहा पाउने न्यौपानेले बताउँछन् । 

उपकरणको प्रयोगले बजारबाट संकलित नमूना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सहिने न्यौपानेले बताएका छन् । महानगरले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको हो । 

महानगरले दिएको जानकारी अनुसार पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरूमा गरिने भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : ३५ बजे

धार्मिक पर्यटकीयस्थल थानीमाईमा पूर्वाधार निर्माण गरियो

दमौली– जिल्लाको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर आउने भक्तजनको

क्यालिफोर्नियामा आँधी : भारी वर्षा र हिमपातले सयाैँ विस्थापित

एजेन्सी– क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण  आवासीय घरहरू प्रभावित हुँदा

करेन्ट लागेर एक जनाको मृत्यु

डोटी– जोरायल गाउँपालिका-६ गापर बस्ने २८ वर्षीय खेम साउँदको करेन्ट लागेर मंगलबार

सप्तरीबाट करिब ८ सय किलो गाँजासहित एकजना पक्राउ

सप्तरी– छिन्नमस्ता  गाउँपालिका- ४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

एजेन्सी– टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार