ज्ञानेन्द्र शाहीलाई पक्राउ पुर्जी दिँदै प्रहरीले हिरासतमा राख्यो, मुद्दा चलाउने तयारी « Khabarhub

ज्ञानेन्द्र शाहीलाई पक्राउ पुर्जी दिँदै प्रहरीले हिरासतमा राख्यो, मुद्दा चलाउने तयारी


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले शाहीलाई हिरासतमा लिएको हो ।

शनिवार नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा विमान रोकेको भन्दै शाही लगायतले विमान भित्र मन्त्री भट्टराईलाई गाली गरेको भिडियो सार्वजनिक भएको थियो ।

मन्त्री भट्टराईका कारण विमान १ घन्टा रोकिएको भन्दै शाही लगायतले आक्रोश पोखेका थिए । तर, भट्टराईले भने १५ मिनेट आफ्ना कारणले विमान रोकिएको भन्दै माफि मागेका थिए ।

मन्त्रीले ढाँटेको भन्दै शाहीले आइतबार(हिजो) ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । उक्त पत्रकारसम्मेलनमा झडपको अवस्था बनेपछि शाहीको सुरक्षाका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका शाहीलाई छोड्नका लागि पूर्व एसपी दिलिप वस्नेतलाई जमानीको कागज गराएको भएपनि प्रहरीले नछोडेको र उल्टै शाहीमाथि अभन्द्र व्यवहारको मुद्दा चलाउने काम सरकारी पक्षबाट भएको भन्दै नेपालका लागि नेपाली अभियानले विज्ञप्ति जारी गर्दै विरोधसमेत गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनबाट पक्राउ परेका शाहीलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ प्रहरीले पक्राउ पुर्जी दिएको थियो । शाही अहिले ललितपुर प्रहरीको हिरासतमा रहेका छन् ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले मन्त्री भट्टराईमाथि विमानस्थलमा अभद्र व्यवहार गरेको विषयमा अनुसन्धान गर्न शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेर हिरासतमा राखिएको बताए ।

प्रहरीले अभद्र व्यवहारसँगै शाही विरुद्ध गैरसैनिक हवाई उडान सम्बन्धी ऐन विपरीतको कसुर गरेको अभियोगमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।

गैरसैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन २०१५ अनुसार उडानमा रहेका वायुयानभित्र कुनै व्यक्तिविरुद्ध आक्रामक व्यवहार गरेमा वा त्यस्तो काम कारवाहीले वायुयानको सुरक्षामा खतरा हुने सम्भावना भएमा त्यसलाई हवाई उडानको सुरक्षा विरुद्धको अपराध मानिन्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : २४ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका