संयुक्त राष्ट्रसङ्घले भन्यो– मातृशिशु मृत्यृदर घटाउन नेपाल सफल « Khabarhub

संयुक्त राष्ट्रसङ्घले भन्यो– मातृशिशु मृत्यृदर घटाउन नेपाल सफल


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार नेपाल सरकार
मातृशिशु मृत्यृदर घटाउन सफल भएको छ ।

मुलुकमा मातृ र नवजात शिशु मृत्यदर घटाउन राज्यलाई सफलता मिलेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार नवजात शिशु मृत्युदर घटेर प्रतिएक हजारमा १६.६ जना पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८० मा नवजात शिशुमृत्युदर प्रतिएक हजारमा २१ रहेको थियो ।

सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ प्रतिशतले झार्ने लक्ष्य छ ।

मातृ तथा नवजात शिशुमृत्युदर घटाउन उल्लेखनीय प्रगति भए पनि प्रदेश र जिल्लाबीचका स्वास्थ्य असमानताले धेरै महिला गुणस्तरीय प्रसूति सेवाको पहुँचबाट वञ्चित भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनअनुसार सन् २००० देखि २०२३ सम्ममा मातृ मृत्युमा विश्वव्यापी रूपमा ४० प्रतिशतले कमी आएको छ ।

सन् २०१६ पछि सुधारको गति सुस्त भएको छ । सन् २०२३ मा दुई लाख ६० हजार महिलाले गर्भावस्था वा प्रसूति हुने क्रममा जटिलताका कारण ज्यान गुमाएका छन् ।

नेपालमा प्रतिलाख जीवित जन्मिएका १ सय ४२ जना आमाको मृत्यु हुने गरेको छ । सन् २००० को तुलनामा यो ७१ प्रतिशतले कम हो ।

राष्ट्रिय जनगणना २०७८ मा एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको उल्लेख थियो ।

विश्वव्यापी रूपमा मातृ मृत्युदर हरेक वर्ष झन्डै १५ प्रतिशतले घट्नुपर्छ तर हाल वार्षिक रुपमा यो करिब १.५ प्रतिशतले मात्र घटिरहेको प्रतिवदेनमा उल्लेख छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ३८ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल