सञ्चारिका समूहले राष्ट्रपति पौडेललाई बुझायो १० बुँदे मागपत्र  « Khabarhub

सञ्चारिका समूहले राष्ट्रपति पौडेललाई बुझायो १० बुँदे मागपत्र 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चारिका समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो मागपत्र बुझाएको छ । सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा नेतृत्वको एक टोलीले राष्ट्रपति पौडेललाई शीतलनिवासमा भेटी पत्रकार महिलाका साझा मुद्दा समेटिएको मागपत्र पेस गरिएको अध्यक्ष तुम्खेवाले जानकारी दिइन् । 

उनका अनुसार राष्ट्रपतिलाई मिडियामा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका विषयलाई समावेशीकरण गरिएको मागपत्र बुझाइएको हो ।

सञ्चारिकाको मागपत्र बुझिसकेपछि राष्ट्रपति पौडेलले भने, ‘सञ्चारिका समूहको नाम मैले निकै अगाडी देखि सुनिरहेको हो । विगत लामो समयदेखि महिला पत्रकारका मुद्दालाई सुनुवाइ गर्दै उनीहरूलाई पत्रकारितामा अगाडी जानका लागि विभिन्न तालिमहरू पनि प्रदान गर्दै आइरहेको भन्ने मैले बुझेको छु । तपाईँहरूले जिम्मेवार भएर राम्रो काम गरिरहनुभएको छ । कार्यकारी भूमिकामा नभए पनि तपाईँहरूको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न ताकेता गर्नेछु । भेटघाटका लागि आउनुभयो, धन्यवाद ।’ सञ्चारिका समूह २०५२ सालमा स्थापना भएको देशभरका पत्रकार महिलाको साझा संस्था हो ।

सञ्चारीका समूहले राष्ट्रपति समक्ष बुझाएका मागहरू यस्ता छन् समूहका माग–
१. सञ्चार माध्यममा लैंगिकमैत्री वातावरण स्थापना गरियोस् ।
२. समान कामको समान ज्याला निर्धारण गरियोस् ।
३. पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गरियोस् ।
४. पत्रकार महिलाको सञ्चार माध्यमबाट पलायन हुने क्रम रोक्न, पेसागत रूपमा स्थायित्व हुने गरी रोजगारीको सुनिश्चितता गरियोस् ।
५. सरकारी नियुक्तिहरूमा पत्रकार महिलालाई प्राथमिकता दिइयोस् ।
६. पत्रकारितामा आउन चाहने नयाँ पुस्ताका महिलालाई प्रोत्साहन गर्नका लागि उत्साहजनक वातावरणको सृजना गरियोस् ।
७. कार्यस्थलमा हुने हिंसा तथा समाचार लेखेबापत आउने धम्की तथा हुन सक्ने जोखिम व्यवस्थापनका लागि उजुरी गर्ने संयन्त्र र कारबाही गर्ने निकाय खडा गरियोस् ।
८. पत्रकार महिलाका विशेष अवस्थाहरू (जस्तै: गर्भवती, सुत्केरी) लाई सम्बोधन गर्दै तलबी बिदाको व्यवस्था गरियोस् ।
९. समाचार संकलन तथा सम्प्रेषणका क्रममा हुन सक्ने दुर्घटनाहरूमा पत्रकार महिलालाई सहज उपचारका लागि स्वास्थ्य बिमाको व्यवस्था गरियोस् ।
१०. मिडिया हाउसहरुमा पत्रकार महिलाको करार नियुक्तिको अवधि छोट्याई यसको अनुगमन गरियोस् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : २१ बजे

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा