सञ्चारिका समूहले राष्ट्रपति पौडेललाई बुझायो १० बुँदे मागपत्र  | Khabarhub Khabarhub

सञ्चारिका समूहले राष्ट्रपति पौडेललाई बुझायो १० बुँदे मागपत्र 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चारिका समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो मागपत्र बुझाएको छ । सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा नेतृत्वको एक टोलीले राष्ट्रपति पौडेललाई शीतलनिवासमा भेटी पत्रकार महिलाका साझा मुद्दा समेटिएको मागपत्र पेस गरिएको अध्यक्ष तुम्खेवाले जानकारी दिइन् । 

उनका अनुसार राष्ट्रपतिलाई मिडियामा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका विषयलाई समावेशीकरण गरिएको मागपत्र बुझाइएको हो ।

सञ्चारिकाको मागपत्र बुझिसकेपछि राष्ट्रपति पौडेलले भने, ‘सञ्चारिका समूहको नाम मैले निकै अगाडी देखि सुनिरहेको हो । विगत लामो समयदेखि महिला पत्रकारका मुद्दालाई सुनुवाइ गर्दै उनीहरूलाई पत्रकारितामा अगाडी जानका लागि विभिन्न तालिमहरू पनि प्रदान गर्दै आइरहेको भन्ने मैले बुझेको छु । तपाईँहरूले जिम्मेवार भएर राम्रो काम गरिरहनुभएको छ । कार्यकारी भूमिकामा नभए पनि तपाईँहरूको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न ताकेता गर्नेछु । भेटघाटका लागि आउनुभयो, धन्यवाद ।’ सञ्चारिका समूह २०५२ सालमा स्थापना भएको देशभरका पत्रकार महिलाको साझा संस्था हो ।

सञ्चारीका समूहले राष्ट्रपति समक्ष बुझाएका मागहरू यस्ता छन् समूहका माग–
१. सञ्चार माध्यममा लैंगिकमैत्री वातावरण स्थापना गरियोस् ।
२. समान कामको समान ज्याला निर्धारण गरियोस् ।
३. पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गरियोस् ।
४. पत्रकार महिलाको सञ्चार माध्यमबाट पलायन हुने क्रम रोक्न, पेसागत रूपमा स्थायित्व हुने गरी रोजगारीको सुनिश्चितता गरियोस् ।
५. सरकारी नियुक्तिहरूमा पत्रकार महिलालाई प्राथमिकता दिइयोस् ।
६. पत्रकारितामा आउन चाहने नयाँ पुस्ताका महिलालाई प्रोत्साहन गर्नका लागि उत्साहजनक वातावरणको सृजना गरियोस् ।
७. कार्यस्थलमा हुने हिंसा तथा समाचार लेखेबापत आउने धम्की तथा हुन सक्ने जोखिम व्यवस्थापनका लागि उजुरी गर्ने संयन्त्र र कारबाही गर्ने निकाय खडा गरियोस् ।
८. पत्रकार महिलाका विशेष अवस्थाहरू (जस्तै: गर्भवती, सुत्केरी) लाई सम्बोधन गर्दै तलबी बिदाको व्यवस्था गरियोस् ।
९. समाचार संकलन तथा सम्प्रेषणका क्रममा हुन सक्ने दुर्घटनाहरूमा पत्रकार महिलालाई सहज उपचारका लागि स्वास्थ्य बिमाको व्यवस्था गरियोस् ।
१०. मिडिया हाउसहरुमा पत्रकार महिलाको करार नियुक्तिको अवधि छोट्याई यसको अनुगमन गरियोस् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : २१ बजे

४०० करोडको फिल्म फ्लप भएपछि तेलुगु निर्माता राजु भन्छन्- ‘फिल्म चल्न कथा नै चाहिन्छ’

काठमाडौं – गत जनवरीमा तेलगु फिल्म ‘गेम चेन्जर’ प्रदर्शनमा आएको

पाँच शतक प्रहार गरेको टेस्ट सिरिजमा भारत पराजितः इङ्ग्ल्यान्ड पाँच विकेटले विजयी

लिड्स – इङ्ग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा पाँच विकेटको जित हात

इरानको आणविक केन्द्र नष्ट नभएको अमेरिकी सेनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक !

इरान – इरानको आणविक केन्द्रमा भएको अमेरिकी आक्रमणका कारण त्यहाँको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ११ गते बुधबार। असार