अर्थमन्त्री नेतृत्वको समिति औपचारिक मात्रै, राष्ट्र बैंक कामुको भरमा « Khabarhub

अर्थमन्त्री नेतृत्वको समिति औपचारिक मात्रै, राष्ट्र बैंक कामुको भरमा


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो कार्यकाल सकेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी घर गइसकेका छन् । तर, सत्तापक्षीय गठबन्धनले गभर्नर छनौटमा ढिलाइ गर्दा राष्ट्र बैंक कायममुकायम गभर्नरको नेतृत्वमा सञ्चालन हुने स्थितिमा पुगेको छ ।

सत्ता साझेदार गठबन्धनले नियुक्ति बाँडफाँट बालुवाटार र बुढानीलकण्ठबाट नै गर्ने हुँदा गभर्नर नियुक्तिको लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बनेको गभर्नर सिफारिस समिति देखावटी वा औपचारिक मात्रै बन्न पुगेको छ ।

फागुन २६ गते नै मन्त्रिपरिषद्को बैठकले गभर्नर छनोटका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा डा. विश्व पौडेल र विजयनाथ भट्टराई रहेको ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । तर, सो समितिको बैठक अहिलेसम्म एक पटक पनि बस्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकदेखि अर्थतन्त्र र बैंकिङ क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरूसमेत गभर्नर नियुक्तिको लागि सिफारिस समितिमा भन्दा पनि बालुवाटार र बुढानीलकण्ठ धाउने गरेका छन् । जसले गर्दा समितिले समेत गभर्नर सिफारिसको लागि काम नपाएको सम्बन्धित जानकारले बताउने गरेका छन् ।

पछिल्लो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति नगरेर राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिने निर्णय गरेको छ । जसले गर्दा सरकारले गभर्नर नियुक्तिको विषयलाई थप ढिलाइ र मोलमोलाइ गर्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ४९ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन् – करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि