विगुका चार विद्यालय नील, अरूको पनि नतिजा निराशाजनक  « Khabarhub

विगुका चार विद्यालय नील, अरूको पनि नतिजा निराशाजनक 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको विगु गाउँपालिका भित्र रहेका अधिकांश सामुदायिक विद्यालयको नतिजा निराशाजनक तथा नील देखिएको छ ।

पालिका भित्रबाट २०८१ सालको गाउँपालिकास्तरीय आधारभूत शिक्षा- कक्षा ८,को वार्षिक परीक्षा सकाएर पालिकाको शिक्षा शाखाले नतिजा सार्वजनिक गरेको छ ।

कुल १२ वटा विद्यालयबाट दुई सय ३५ विद्यार्थी सहभागी परीक्षामा ८० प्रतिशत विद्यार्थी फेल अर्थात् परीक्षामा अनुत्तीर्ण भएका छन्।परीक्षामा सहभागी दुई सय ३५ मध्ये ४८ जना विद्यार्थी मात्रै मुस्किलले कक्षा ८ उत्तीर्ण भएका छन् ।

परीक्षामा ४ वटा विद्यालयको नतिजा नील रहेको छ भने,बाकी ८ विद्यालयको नतिजा पनि चिन्ताजनक आएको पाइएको छ ।
पालिकाको वडा नम्बर-२को देवलिङ्गेश्वर माविबाट कक्षा ८ को परीक्षामा सहभागी १६ जना विद्यार्थीमा १६ जनानै विद्यार्थी फेल भएका छन् ।

त्यसै गरी वडा नम्बर-८ को हिमालय माविबाट परीक्षामा १८ जना विद्यार्थी सहभागी थिए।यहाँ पनि १८ जानै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

त्यसै गरी सोही पालिकाको वडा नम्बर-४ रहेको शान्ति आदर्श माविबाट १९ विद्यार्थी परीक्षामा सहभागी थिए।जसमा १८ विद्यार्थी फेल भएका छन् । त्यस्तै नील नतिजा आउने अर्को विद्यालय रहेको छ वडा नम्बर-८ कै कालिन्चोक मावि।सो विद्यालयबाट २० जना विद्यार्थी परीक्षामा सामेल भएकोमा २० जना फेल अर्थात् परीक्षामा अनुत्तीर्ण भएको गाउँपालिकाले सार्वजनिक गरेको नतिजामा देखिएको छ ।

गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको नतिजा अनुसार अधिकांश विद्यालयको उत्तीर्ण सङ्ख्या न्यून छ । परीक्षा दिएकामध्ये  एक सय ८७ जना विद्यार्थी कक्षा ८ अनुत्तीर्ण भएको देखिएको छ ।

यता शैलुङ गाउँपालिकाको पनि विद्यार्थी उत्तीर्ण संख्या न्यून रहेको पाइएको छ । परीक्षा सञ्चालनका लागि गाउँपालिकाले परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्षको समेत व्यवस्था गरी सञ्चालन गरेको परीक्षामा एक सय २६ जना विद्यार्थी फेल भएका छन् । यस गाउँपालिका कक्षा ८ उत्तीर्ण गर्ने विद्यार्थी ४० दशमलव ८ प्रतिशत रहेको छ । 

यता जिल्लाको कालिञ्चाेक र गौरीशंकर गाउँपालिकाका विद्यालयको नतिजा भने,गत वर्षको तुलनामा सन्तोषजनक रहेको देखिएको छ । कालिञ्चाेक गाउँपालिकाबाट गत वर्ष ६० प्रतिशत माथि विद्यार्थी परीक्षामा अनुत्तीर्ण भएकोमा यस वर्ष भने,५८ प्रतिशत विद्यार्थी परीक्षामा उत्तीर्ण भएको देखिएको छ। 

यस गाउँपालिकामा रहेका १८ वटा विद्यालयबाट ५ सय ३५ जना विद्यार्थी परीक्षामा सामेल थिए।जसमा ३ सय ७६ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने,एक सय ५९ जना विद्यार्थी कक्षा ८ मा फेल भएका छन्। गतको तुलनामा यहाँका विद्यालयको नतिजामा सामान्य सुधार भएको पाइएको छ।

त्यसै गरी पालिकाहरूले सार्वजनिक गरेको नतिजा अनुसार गौरीशंकर गाउँपालिकाको कक्षा ८ को नतिजा उत्कृष्ट रहेको देखिएको छ।यस गाउँपालिकाका १२ वटा विद्यालयबाट दुई सय ३२ जना विद्यार्थी परीक्षामा सहभागी बनेका थिए।जसमा १ सय ७६ जना विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् ।

त्यसैगरी ५६ जना विद्यार्थी परीक्षामा अनुत्तीर्ण भएको देखिएको छ।यहाँका विद्यालयको विद्यार्थी उत्तीर्ण प्रतिशत ९५ दशमलव ६५ प्रतिशत रहेको छ।त्यसै गरी गौरीशंकरका ४ विद्यालयबाट सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गर्दा अन्य ८ विद्यालयबाट पनि ८० प्रतिशत माथि विद्यार्थी उत्तीर्ण भएको गौरीशंकर गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।जिल्लाका अन्य स्थानीय तहहरूले भने अझै नतिजा सार्वजनिक नगरेको पाइएको छ। -सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ५० बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि