आईपीएल : कोलकाताविरुद्ध लखनउको रोमाञ्चक जित « Khabarhub

आईपीएल : कोलकाताविरुद्ध लखनउको रोमाञ्चक जित


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरद्ध लखनउ सुपर जायन्ट्सले चार रनको रोमाञ्चक जित निकालेको छ। कोलकाताको यो लगातार तेस्रो हार हो।

यो जितसँगै लखनउले पाँच खेलबाट ६ अंक बनाएको छ। समान खेल खेलेको कोलकाताको चार अंक छ।

लखनउले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा २३४ रनमा समेटिएको हो।

कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाए। वेंकटेस अय्यरले २९ बलमा आठ चौका र दुई छक्कासहित ४५ रन बनाए।सुनील नारायण ३० र क्विन्ट डि कक १५ रनमा आउट भएका थिए। जितका लागि अन्तिम समयमा रिन्कु सिंहले अविजित १५ बलमा ६ चौका र दुई छक्का हिर्काउँदै ३८ रन जोडे पनि त्यो पर्याप्त भएन।

लखनउका आकाश दीप र शार्दुल ठाकुरले समान दुईदुई विकेट लिए।

इडेन गार्डेन्समा टस हारेर सुरुमा ब्याटिङ थालेको लखनउले तीन विकेट गुमाउँदै २३८ रन जोडेको थियो। उसका लागि निकोलस पुरणले सर्वाधिक ८७ रन बनाए। मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ रन बनाए भने एडन माक्ररम ४७ रनमा आउट हुँदा डेभिड मिलर चार रनमा अविजित रहेका थिए।

कोलकाताका हर्षित रानाले दुई विकेट हात पारे।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ५२ बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही