आईपीएल : कोलकाताविरुद्ध लखनउको रोमाञ्चक जित « Khabarhub

आईपीएल : कोलकाताविरुद्ध लखनउको रोमाञ्चक जित


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरद्ध लखनउ सुपर जायन्ट्सले चार रनको रोमाञ्चक जित निकालेको छ। कोलकाताको यो लगातार तेस्रो हार हो।

यो जितसँगै लखनउले पाँच खेलबाट ६ अंक बनाएको छ। समान खेल खेलेको कोलकाताको चार अंक छ।

लखनउले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा २३४ रनमा समेटिएको हो।

कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाए। वेंकटेस अय्यरले २९ बलमा आठ चौका र दुई छक्कासहित ४५ रन बनाए।सुनील नारायण ३० र क्विन्ट डि कक १५ रनमा आउट भएका थिए। जितका लागि अन्तिम समयमा रिन्कु सिंहले अविजित १५ बलमा ६ चौका र दुई छक्का हिर्काउँदै ३८ रन जोडे पनि त्यो पर्याप्त भएन।

लखनउका आकाश दीप र शार्दुल ठाकुरले समान दुईदुई विकेट लिए।

इडेन गार्डेन्समा टस हारेर सुरुमा ब्याटिङ थालेको लखनउले तीन विकेट गुमाउँदै २३८ रन जोडेको थियो। उसका लागि निकोलस पुरणले सर्वाधिक ८७ रन बनाए। मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ रन बनाए भने एडन माक्ररम ४७ रनमा आउट हुँदा डेभिड मिलर चार रनमा अविजित रहेका थिए।

कोलकाताका हर्षित रानाले दुई विकेट हात पारे।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ५२ बजे

रास्वपा कार्यकर्ताले झण्डा जलाएको घटनामा एमालेको कडा आपत्ति

दाङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर बजार

रुपन्देही–४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

देवदह– ‘मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या

रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजन गर्न लागेको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-३ घर

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडौं– नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय